अत्तरिया - कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी उप प्रमुख रमिता रानाले जनताको इच्चा चाहाना अनुसार नै आफुहरुले काम गरिरहेको बताएकी छन् । मंगलबार गोदावरी न्युजसंग कुराकानी गर्दै उपप्रमुख रानाले जनताले आफ्ना दुख ,कष्ट पिडा र समस्याहरु समाधान गर्नका लागि विश्वास गरि चुनेर पठाएकाले आफ्नो भन्दा पनि जनताको इच्चा र चाहाना अनुसार नै कामहरु अगाढी बढाउदै लगिरहेको बताइन् ।
उनले आफु निर्वाचित भएर आइसकेपछि काम गर्न थुप्रै चुनौतिहरु रहेपनि सबै चुनौतिका सामना गर्दै काम गरिरहेको बताइन् । उनले आफ्नो यो ढाई बर्षको अबधि सफल भएको बताइन् । आफु निर्वाचित भएर आएको पहिलो बर्षमा पुर्वाधार निर्माणको कामलाई प्राथमिकता दिएर काम गरेको उनले बताइन् ।
'सुरुको बर्ष नगरबासीको इच्चा चाहाना हेर्दा बाटोघाटो , पुल पुलेसा , कल्भर्ट लगाएत पयौ र हामीले त्यहि अनुसार पूर्वाधार निर्माणलाई जोड दियौ' उनले भनिन् - 'अब हामीले बाटोघाटोलाई मात्रै होइन , जनतालाई एउटा बाटोघाटोले मात्रै बिकास हुदैन भन्ने लाग्यो र यो संगसंगै नगरबासीलाई जनचेतना मुलक कार्यक्रम , रोजगार र उत्पादनमा जोड्नका लागि कृषि शाखावाट बिभिन्न कार्यक्रमहरु संचालन गञ्यौ ।'
२०७३ सालमा स्थापना भएको जनसंख्या र भूगोलको हिसाब कञ्चनपुर जिल्लाको दोस्रो ठूलो नगरपालिकाका रुपमा रहेको कृष्णपुर नगरपालिकाको अहिलेको महत्वपुर्ण उपलब्धि भनेको नगपालिकाले आफ्नै सुबिधा सम्पन्न नयाँ भवन र ५ वटा वड कार्यालयका भवन निर्माण गर्नु नै रहेको उनले बताइन् ।
उनले आफुहरुले कृषिलाई पहिलो प्रथामिकतामा राखेर काम गरिरहेको बताइन् । कृष्णपुर नगरपालिकामा कुनै पनि उधोगहरु छैन जसले गर्दा हामीले यहाका जनताहरुलाई रोजगार दिन्छौ पनि भन्न सकिरहेका छैनौ उनले भनिन त्यसैले अब ठूला ठूलो उधोगधन्दा भन्दा पनि हामीले यँहाका जनतालाई कृषिमा जोडेर कृषिलाई ब्यबसायीकरण गरेर अगाडी बढ्ने सोच बनाइरहेका छौ ।
उनले निम्न आयस्तर भएका नगरबासीको जिवस्तर उकास्न र उत्पादनमा जोड दिनका लागि अहिले नगरपालिकाले एक वडा एक उत्पादन कार्यक्रम नै संचालन गरिरहेको उनको भनाई रहेको छ । जनताले रोजगार पनि पाउन , उत्पादन पनि गरुन र आर्थिक बिकास होस भन्नका लागि हामीले यो कार्यक्रम संचालान गरिरहेका छौ उनले भनिन ।
कृष्णपुर नगरपालिकाको वडा नं ६ कृषिका लागि एकदमै महत्वपुर्ण पकेट क्षेत्र भएकाले अब त्यहिवाट काम अगाडी बढाइने उनले बताइन् । उपप्रमुख रानाले कृष्णपुर नगरपालिका प्राकृतिक सौर्ययताले भरिपुर्ण र थुप्रै पर्यटकिय क्षेत्रहरु रहेको नगरपालिका भएकाले ओझेलमा परेका पर्यटकिय क्षेत्रको संरक्षण एबम् सम्बद्धन पनि गरिरहेको बताइन् ।
'अहिले नेपाल भ्रमण बर्ष २०२० चलिरहेको छ , हामीले पर्यटकहरु भित्याउन थुप्रै कामहरु गरेका छौ, हामा्रे वडा नं ४ मा ठूलो सिमसार सिस्ने क्षेत्र छ , त्याहा राम्रो मच्चान छ मच्चानमा चढेर त्यहा रहेका रङ्गीबिरङी चराहरुको अबलोकन गर्न सकिन्छ' उनले भनिन - 'यो संगै हामी संग भएको ग्वासी समैजी धाम धार्मीक पर्यटन क्षेत्रमा पर्यटकहरुको आवागमनलाई बढाउन त्यसलाई गौरबका योजनाका साथ अगाडी बढाइरहेका छौ । 'उनले एक पटक कृष्णपुर नगरपालिका भित्र रहेका पर्यटकिय क्षेत्रहरुको अबलोकन गरिदिन पनि सबैमा अनुरोध गरिन् ।