अत्तरिया - कञ्चनपुरको कृष्णपुर नगरपालिकाको न्यायिक समितिमा उजुरी दिनेहरुको संख्या बढ्दै जान थालेको छ । जनचेतनाको स्तर बृद्धि संगै न्यायिक समिति प्रतिको विश्वास बढ्दै जान थालेपछि न्यायिक समितिमा उजुरी दिनेहरुको संख्या बढ्दै जान थालेको हो ।
अहिले फौजदारी मुद्धा बाहेकका अन्य साना तथा घरेलु हिंसाका घटनाहरुलाई लिएर दैनिक जसो पिडितहरु न्यायका लागि न्यायिक समितिमा आउने गरेको कृष्णपुर नगरपालिकाकी उप प्रमुख एबम् न्यायिक समितिकी संयोजक रमिता रानाले जानकारी दिइन् । उनले अहिले नगरभित्रका हरेक गाँउघरमा बसोबास गर्ने नगरबासिहरुले न्यायिक समितिको बारेमा जानकारी पाएपछि उजुरीका लागि सिधै न्यायिक समितिमा पुग्ने गरेको बताइन् ।
२०७४ साल चैत्र २८ गते गठन भएको न्यायिक समितिमा हाल सम्म १ सय ५९ वटा उजुरी दर्ता भएको उनले बताइन् । जसमध्ये १ सय ३१ वटा उजुरीको समाधान भैसकेको बाकिँ २८ वटाको समाधानका बिषयमा छलफल चलिरहेको उनको भनाई छ । चालु आर्थिक बर्ष २०७६ , ०७७ मा मात्रै ५२ वटा उजुरी दर्ता भएका छन् ।
उपप्रमुख रानाको संयोजकत्व गठित ३ सदस्यि न्यायिक समितिले उजुरीहरु हेर्ने गरेका छन् । जसको सदस्यमा ईश्वरी दत्त भट्ट र बहादुर चौधरी रहेका छन् । न्याय सम्बन्धि काम गर्दा थुप्रै चुनौतिहरु रहेको बताउदै संयोजक रानाले न्यायिक समितमा उजुरी परेपछि पिडित र पिडक दुवै पक्षलाई बोलाएर निश्पक्ष रुपमा समस्याको समाधान गरिहेको बताइन् ।
उनले न्यायिक समितिमा पछिल्लो समय घरजग्गा विवाद , लेनदेनका समस्या , बहुबिबाह , घरेलु हिंसा लगाएतका घटनालाई लिएर मुद्धाहरु आउने गरेको बताइन् । 'हामीले न्यायिक समितिमा आएका मुद्धाहरुलाई पहिला हेछौ , हामीले हेर्ने जति राख्छौ बाकिँलाई माथिल्लो निकाय सम्म पुञ्याउनका लागि बाटो देखाईदिन्छौ' उनले भनिन - 'कुनै मुद्धाको चाडै समाधान हुन्छ कुनै भने धेरै समय कुर्नुपर्छ ।'
यद्धपी तिन चरणमा गरेर भएपनि दुवै पक्षको जित हुने गरि आफुले न्याय सम्पादनको काम गरिरहेको उनले बताइन् । न्यायमा पहुच नभएका पिडितको न्यायमा पहुच दिलाउन आफुले निश्पक्ष रुपमा काम गरिरहेको उनको भनाई छ ।