अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ११ ओलानी घर भई पढाइ र बिभिन्न कामको शिलशिलामा काठमाण्डौमा बस्दै आएका युवाहरुको समुहले ओलानी काठमाडौं सेवा समाज गठन गरेका छन् । निस्वार्थ रुपमा समाजसेवा गर्ने उध्ेश्यका साथ काठमाण्डौको त्रिभुवन बिश्वबिधालयमा भएको एक भेलाले सक्रिय युवा बिष्णु बडैलाको अध्यक्षतामा समाज गठन गरिएको हो ।
जसको उपाध्यक्षमा बिष्णु बिक , सचिबमा शंकर बिक , कोषाध्यक्षमा जनक बिसी र सहसचिबमा निर्मल कुन्जेडा चयन भएका छन् । यसैगरि सदस्यहरुमा लोकेश बडैला , राजकुमार बुढा , करन बडैला , अर्जुन बडैला , खगेन्द्र बिक, रुपेस बिक, असोक बिक, सुरेन्द्र बिसी, , खगेन्द्र भण्डारी, भेसराज अबस्थी, महेन्द्र बडैला, योगेश थापा चयन भएका छन् ।
ओलानीको समसामयिक बिषय र ओलानीका समस्याहरुको आ आफ्नो तर्फवाट गर्न सकिने सहयोगलाई निरन्तरता दिनका लागि समाज गठन गरिएको समाजका अध्यक्ष बिष्णु बडैलाले जानकारी दिए ।
एक मुठी सास रहुनजेल सम्म नि समाज को लागि राम्रो काम गरिन्छ । समाजको बिकासका लागि हाम्रो आवाज सधै बुलन्द हुनेछ ,काठमाडौंमा ओलानीका कुनै पनि ब्यक्ती आउदै गर्दा कुनै समस्य झेल्नु न परोस उनले भने – काठमाडौमा रहदै गर्दा ओलानीका जनताका लागि गर्ने सकिने कामका लागि कहिले पछि हट्ने छैनौ । हामी ओलानिबासीको सेवा का लागि सधैब तत्पर छौ ।