अत्तरिया - गत असोज ३ र ४ गते कैललीको अत्तरियामा नेपाल जेसिजको क्षेत्र घ सम्मेलन गर्ने भन्दै कार्यक्रम तय गरियो । सुदुरपश्चिम प्रदेशको व्यवसायिक तथा पर्यटकीय स्थलहरुको प्रबद्र्धन गर्ने उद्देश्यका साथ ७ सय जना भन्दा बढिको सहभागिता रहने गरि कार्यक्रमको आयोजना गरिएको थियो ।
यद्धपी यति धेरैको उपश्तिथी हुने उक्त कार्यक्रम अत्तरियाको कुन ठाउँमा गर्ने भन्दै खुल्ला मञ्च र सभा हलको अभाव हुदा पछि सो कार्यक्रम धनगढीको ओम प्यालेसमा गर्ने निर्णय गरियो र कार्यक्रम धनगढीमा सम्पन्न भयो । यस्तै “सम्बृद्ध प्रदेशको आधार कृषी ,पर्यटन र ब्यापार” भन्ने मुल नाराका साथ अत्तरिया उधोग बाणिज्य संघले हरेक बर्ष पुस २७ गतेदेखी माघ ७ गते सम्म अत्तरियामा महोत्सबको आयोजना गर्दै आएको छ । त्यो महोत्सब पनि खुल्ला मञ्च नहुदा चारैतिर रुखले भरिभराउ दुर्गालक्ष्मी सामुदायिक बनको क्षेत्रमा हुदै आएको छ ।
कैलालीको अत्तरियामा कुनै पनि सार्वजनिक कार्यक्रमहरु गर्नका लागि सधै खुल्लामञ्चको अभाव हुने गरेको छ । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएपछि सबैको ध्यान केन्द्रित भएको अत्तरिया आसपास अहिले सम्म एउटा पनि खुल्लामञ्च वा सभाहल नहुदा समस्या हुने गरेको हो ।
अहिले अत्तरिया आसपास स्थानिय सरकार , प्रदेश सरकार वा अन्य बिभिन्न सरकारी तथा निजि संघसस्थाहरुले आयोजना गर्दै आएका कार्यक्रमहरु जंगल क्षेत्र , बस पार्क , सडकको छेउछाउ र अत्तरियामा रहेको पतञ्जलीको योगा हलमा हुने गरेका छन् । कुनै पनि सार्वजनिक कार्यक्रमको आयोजना गरिए पनि सबैभन्दा पहिला खुल्लामञ्चको अभावले समस्या हुने गरेको सरोकारबाला बताउँदछन् । नेपाल भरिवाट यति धेरैको सहभागितामा हुन लागेको एक प्रकारको नौलो कार्यक्रम अत्तरियामा गर्नका लागि खुल्लामञ्च नभएकै कारण धनगढीमा गर्नुपर्ने बाध्यता भएको अत्तरिया जेसिज बर्ष २०१९ का अध्यक्ष गणेश शाहले बताए ।
उनले सुरुमा अत्तरियामा गर्ने गरी कार्यक्रमको तयारी भएपनि कार्यक्रमका लागि ठाउँको टुगों नलाग्दा पछि धनगढी सारिएको बताए । उनले प्रदेशको राजधानी घोषणा भएसके पश्चात अब त झन अत्तरिया क्षेत्रमा एउटा खुल्ला मञ्च र ठूलो संख्यामा मानिसहरु अट्ने सभाहलको अति आवश्यकता रहेको उनले बताए ।
अत्तरियामा पछिल्लो समय बिभिन्न ठाउँवाट बसाईसराई गरेर आउनेहरुको संख्या पनि बढ्दै गइरहेको छ । बजारको बिस्तार संगै नयाँ नयाँ सुबिधा सम्पन्न होटलहरु खुल्ने क्रम बढेका छन् । तर यस क्षेत्रमा सार्बजनिक कार्यक्रमका लागि खुल्लामञ्च निर्माण गर्न तर्फ सम्बन्धित निकायको ध्यान नजादा समस्या भएको सरोकारबालाहरु बताउदछन ।
गोदावरी चम्बर अफ कर्मशका अध्यक्ष बिनोद मल्लले कुनै पनि कार्यक्रम गर्न लागि पहिलो चुनौतिका रुपमा कार्यक्रम स्थल नै रहेको बताए । उनले आज भन्दा ७ बर्ष पहिले अत्तरियामा खुल्ला मञ्च बनाउने कुरा चलेपनि अहिले सम्म त्यो सबै अलपत्र अबस्थामा रहेको बताए । उनले नजिकैको धनगढीमा दैनिकजसो खेलकुदका गतिबिधिहरु बढ्दै जादा अत्तरियामा भने खासै खेलकुदका गतिबिधिहरु अगाडी बढ्न नसकेको बताए ।
यसको कारण भनेको एउटा ब्यबस्थित खेल मैदानको निर्माण गर्न नसक्नु रहेको उनको भनाई छ । उनले अहिले सरकारले एक निर्वाचन क्षेत्र एक खेल मैदान निर्माण गर्ने बताइहेको बेला भबिष्यमा क्षेति नहुने गरी दिर्घकालिन योजना अनुसार एक निश्चित ठाँउमा बनाइनुपर्ने बताए ।
'गोदावरी नगरपालिकालाई प्रदेशको राजधानी तोकिएको छ राजधानीको मुख्य बजार क्षेत्रमा एउटा खुल्ला मञ्च र रंगशाला अतिआवश्यक रहेको छ' उनले भने -'यसलाई गम्भिरता पुर्वक लिएर अब स्थानिय सरकारले दिर्घकालिन रुपमा काम अगाडी बढाउनुपर्ने मैले देखेको छ ।' खुल्ला ठाउँको अभावका कारण अहिले अत्तरियामा हुने अधिकंश कार्यक्रमहरु अत्तरिय बजारमा रहेको पतञ्जलीको योगा हलमा हुने गरेका छन् ।
अत्तरियामा खुल्लामञ्च निर्माण तथा ब्यबस्थापन गर्नुपर्ने बेला गोदावरी नगरपालिकाले आफैले आयोजना गर्दै आएका धेरै जसो कार्यक्रमहरु सोहि हलमा गर्दै आएको छ । पंतञ्जली योग समितिका अध्यक्ष दुर्गा प्रसाद प्रसाईले उक्त हलमा मासिक रुपमा ७÷८ वटा कार्यक्रमहरु संचालन हुदै आएको बताए ।
उनले बिभिन्न संघसंस्थाका सार्वजनिक कार्यक्रमहरु संग हलमा तालिमहरु पनि संचालन हुदै आएको बताए । सो हलमा अधिकंश गोदावरी नगरपालिकाले आयोजना गर्दै आएको कार्यक्रमहरु संचालन हुने गरेको उनले बताए । उता गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिं साउँदले अत्तरिया क्षेत्रमा एउटा खुल्ला मञ्च र एउटा रंगशाला बनाउने योजनालाई प्राथमिकतामा राखेर नगरपालिका अगाडी बढिरहेको जानकारी दिए ।
अत्तरियामा खुल्ला मञ्चको आवश्यकता आफुले पनि महसुस गरेको बताउदै नगरप्रमुख साउँदले रंगशालाका निर्माणको काम अगाडी बढिसकेको र खुल्लामञ्च बनाउनका लागि उपयुक्त स्थानको खोजी भैरहेको बताए । एउटा ब्यबस्थित र सुबिधा सम्पन्न खुल्ला मञ्च त बनाउने हो तर त्यसका लागि सबैलाई पाइकपर्ने स्थानको खोजी भैरहेको छ उनले भने उपयुक्त स्थान छनोट गरेर त्यसपछि बाकीँ कामहरु अगाडी बढाउनेछौ ।