अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं १२ ओलानी बस्ने पार्वती कुमारी भट्टराईको दुवै मृगौला फेल भएपछि उपचार गर्न समस्या भएको छ । परिवारको आर्थिक अबस्था कमजोर भएपछि अहिले उनको उपचार गर्न समस्या भएको हो । १९ बर्षको कलिलो उमेरमै दुवै मृगौलाले काम गर्न छोडेपछि अहिले उनी जिवन र मृत्यु बिचमा लड्दै अस्पतालको शैयामा छटपटाइरहेकी छन् ।
भट्टराईको हाल काठमाडौं स्थित बिर अस्पतालमा उपचार भइरहेको छ । भट्टराईको परिवारका अनुसार उनको उपचारका लागि १२ लाख रुपैयाँ भन्दा बढि खर्च लाग्नेछ । बिरामीका दाई तपेन्द्र खड्काले आफ्नी बहिनीको उपचारका सहयोग गरिदिन सबैमा अपिल गरेका छन् ।
उनले परिवारको अबस्था निकै कमजोर हुदाँ यति धेरै रकमको जोहो गर्न नसकिने भएकाले पार्वतीको जिवन रक्षाका लागि उधोगी , ब्यापारी , कर्मचारी , बिधार्थी लगाएत सम्पुर्णलाई आ आफ्नो तर्फवाट जति सक्दो आर्थिक सहयोग गरिदिन अनुरोध गरे । बिरामी भट्टराईकी आमाको ६ बर्ष अगाडी मृत्यु भएको थियो भने घरमा अहिले ८० बर्षका बृद्ध बुवा र एक जना दाई मात्रै रहेका छन् ।
अत्तरिया बजारवाट आज २९ हजार ८ सय रुपैया संकलन
यसैबिच मृगौला पिडित पार्वतीको उपचारका लागि बिभिन्न ठाउँवाट आर्थिक संकलन भैरहेको छ । पार्वतीको जिवन रक्षाका लागि आज अत्तरिया बजारमा पार्वती बचाऔ अभियान पनि चलाईएको थियो । उक्त अभियान अन्र्तगत अत्तरिया बजार आसपासवाट आज मात्रै सहयोग स्वारुप २९ हजार ८ सय ५० रुपैया संकलन भएको बिरामीका दाई तपेन्द्र खड्काले जानकारी दिए ।
उनले सो अभियानमा गोदावरी नगरपालिका जनप्रतिनिधि सहित बिभिन्न राजनितिक दलका प्रतिनिधि , बिरामीका आफन्त , समाजसेवी , बिधार्थी र ओलानीका स्थानिय बासीको सहभागिता रहेको जानकारी दिए ।
साथै पार्वतीको जिवन रक्षाका लागि नेपाल आईडल सिजन २ का बजेता रवि ओडले आफुसंगै चर्चित कार्यक्रम इन्द्रेणीवाट पनि आर्थिक सहयोग गराएका छन् । तपाईहरु पनि सहयोग गर्न चाहानुहुन्छ भने बिरामीका परिवारको मोवाइल नं ९८१८८७२२१७ र ९८०४६०५८३७ मा सम्पर्क गर्न सक्नुहुनेछ ।