अत्तरिया - सुदूरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले संस्कृति हराएमा पहिचान पनि हराउने बताउनुभएको छ । गोदावरी नगरपालिका ६ बडेहामा शनिवार माघि मिलन कार्यक्रमको उद्घाटन गर्दै सांसद चौधरीले पुरानो कला, सस्कृति ,भेषभूषा, रितिरिवाज हराएमा नेपाली नागरिकको पहिचान पनि हराएर जाने भएकाले पुरानो कला संस्कृतिको संरक्षण गर्दै जानुपर्ने बताइन् ।
उनले आफ्नो पहिचानलाई बचाएर राख्नका लागि पुरानो संस्कृतिलाई लोप हुनवाट जोगाएर राख्नुपर्ने बताइन् । 'थारु समुदायको महान पर्व माघिलाई हामीले यसरी नै एक आपसमा माया , प्रेम र सद्धभावका साथै खुसी साटासाट गरि मनाउदै जानुपर्छ , यस्ता चार्डपर्वहरुले हाम्रो कला , संस्कृति र भेषभूषालाई बचाएर राख्छ' उनले भनिन् - 'आज भोलिका युवायुवतीहरु नयाँ नयाँ बोलिभाषा , गित संगित र पहिरनलाई नै मन पराउँछन तर होइन हामीले हाम्रो रहनसहन , संस्कृति र हाम्रो भेषभूषालाई कहिले बिर्सिनुहुदैन ।'
उनले यसरी आफ्नो संस्कृतिलाई बिर्सिए भोलीका आउने पिडि अनबिज्ञ भए बाह्य संस्कृति हाबी हुने बताइन् । माघि पर्व थारु समुदायले बिषेश रुपमा मनाउने गरेपनि थारुको मात्रै नभई यो थारु र पाहाडी बिचको एकता र सामाजिक सद्धभावलाई मिलाउने चार्ड पनि रहेको सांसद चौधरीको भनाई छ ।
'यस्ता कार्यक्रमहरुको आयोजना गर्दा थारु समुदायका नारी पुरुषहरु आफ्नो पहिरनमा सजिएर नाच्ने गाउने छन् खानाका परिकारहरु तयार गर्दै सबैलाई खुवाउने गर्दछन्' उनले भनिन् - 'यि कार्यक्रममा पाहाडी समुदायका नागरिकहरु सहभागी भएर थारुको कला , सस्कृति , खानपिनलाई नजिकवाट जान्ने मौका पाउँछन ।'
उनले आफु यसै क्षेत्रवाट निर्वाचित भएका संसाद भएकाले पनि आफ्नो गाँउ ठाउँको विकासका लागि निरन्तर लागि रहेको बताइन् । गाँउमा विकास निर्माणको काम देखी लिएर बिभिन्न खालका सिपमुलक तालिमहरुको संचालनका लागि प्रदेश सरकारवाट आफुले गर्न सक्ने सहयोग जहिले पनि गर्न तयार रहेको सांसद चौधरीको भनाई छ ।
कार्यक्रममा गोदावरी नगरपालिका ६ का वडा अध्यक्ष विर बहादुर चोखालले माघि थारु समुदायको मात्रै चार्ड नभई पाहाडीले पनि एउटा महत्वपुर्ण चार्डका रुपमा मनाउदै आएको बताए । उनले सबैले आफ्नो धर्म संस्कृतिको संरक्षण गर्दै एक आपसमा मिलेर जानुपर्ने बताए । वडा नं ६ का वडा सदस्य धन बहादुर खड्काले थारु र पाहाडी बिचमा रहेको दुरीलाई नजिक पार्न र यस्ता कार्यक्रमहरुले महत्वपुर्ण भूमिका खेल्ने बताए ।
गोदावरी नगरपालिका वडा नं ६ को आर्थिक सहयोगमा माघि मिलन मुल समितिले कार्यक्रमको आयोजना गरेको हो । बडेहा गाँउका अहिलेका भलमन्सा पृथीराज चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद चुन कुमारी चौधरी प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा गोदावरी नगरपालका वडा नं ६ का वडा अध्यक्ष विर बहादुर चोखाल बिशिष्ट अतिथी रहनुभएको थियो ।
बडेहा स्थित शैलेश्वरी मा।विमा भएको उक्त कार्यक्रममा गोदावरी नगरपालिका वडा नं ६ का वडा सदस्य जयराज फुलारा , धन बहादुर खड्का , शैलेश्वरी स्कूलका अध्यक्ष खम्ब बुढा , साना किसानका अध्यक्ष रामप्रसाद चौधरी लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा थारु समुदायका बिभिन्न खालका नृत्यहरु प्रस्तुत गरिएका थिए । आशरामी चौधरीको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन धनीमाया चौधरीले गरेकी थिइन् ।