अत्तरिया - कैलालीको अत्तरियामा रहेको अत्तरिया जुनियर जेसिजको तेस्रो पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । अत्तरिया जुनियर जेसिज बर्ष २०१९ कि अध्यक्ष मञ्जु बस्नेतको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल जेसिज बर्ष २०२० का राष्ट्रिय उपाध्यक्ष धिरज शाही प्रमुख अतिथी रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय उपाध्यक्ष शाहीले नेपाल जेसिजलाई सफल पार्नका लागि जुनियर जेसिजको भूमिका महत्वपुर्ण रहदै आएको बताए । उनले नेपाल जेसिजले पनि यस कुरालाई मनन गर्दै देशभरि रहेका जुनियर जेसिजका शाखाहरुलाई पनि संगसंगै अगाडी बढाउदै लैजानुपर्ने बताए । जग बलियो भएमा मात्रै घर बलियो हुने बताउदै उनले नेपाल जेसिज बर्ष २०२० का कार्यकाललाई सफल पार्न जुनियर जेसिजले पनि आ आफ्नो ठाँउवाट अहम भूमिका निर्वाह गर्दै जानुपर्ने बताए ।

उनले जुनियर जेसिजमा सफल र दक्ष नेतृत्व उत्पादन गर्न नेपाल जेसिजले ठोस निर्णय लिएर जानुपर्ने र यसका लागि आफुले पनि कुरा राख्ने बताए । उनले आफुलाई योग्य ठानेर २०२० का लागि राष्ट्रिय उपाध्यक्षमा निर्वाचित गराउने सबैमा धन्यवाद दिए । कार्यक्रममा अत्तरिया जुनियर जेसिज बर्ष २०२० का लागि निवाचित पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ खादै पदभार ग्रहण गरेका छन् ।
२०२० का लागि निर्विरोध निवाचित अध्यक्ष तिर्थराज उपाध्यायलाई बर्ष २०१९ का अध्यक्ष मञ्जु बस्नेतले सपथ खुवाएकी थिइन् । अन्य नवनिवाचित पदाधिकारीहरुलाई अध्यक्ष तिर्थराज उपाध्यायले सपथ खुवाएका थिए ।
जुनियर जेसिज बर्ष २०२० का लागि कार्यकारणी उपाध्यक्षमा प्रियंका भट्टराई र राज भट्ट निवाचित भएका छन् भने उपाध्यक्षहरुमा उमेश राज कापडी, रोजिना सेवा , दिल बहादुर बुढाथोकी र लोकराज ओझा निवाचित भएका छन् । यस्तै २०२० का लागि महासचिवमा गणेश भट्ट , कोषाध्यक्षमा बसन्त भट्ट , कानुनी सल्लाहाकारमा दुर्गा कुबर सह सचिबमा जनक बोहरा र तालिम संंयोजकमा धन बहादुर बोहरा मनोनित भएका छन् । बाकि रहेका पदहरु पछि मनोनित गरिनेछन् ।
अत्तरिया जुनियर जेसिज बर्ष २०१९ लाई सफल पार्न सहयोग गर्ने सहयोगिहरुलाई अध्यक्ष मञ्जु बस्नेतले सम्मान पत्र सहित सम्मान गरेकी थिइन् । उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । जुनिय जेसिज बर्ष २०१९ का उपाध्यक्ष राज भट्टले मन्तब्य राखेको कार्यक्रमको संचालन २०१९ का महासचिब तिर्थराज उपाध्याय र नवनिर्वाचित महासचिब गणेश भट्टले गरेका थिए ।