अत्तरिया - अत्तरिया जेसिजको ८ औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएको छ । अत्तरिया जेसीज बर्ष २०१९ का अध्यक्ष गणेश शाहको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँद प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले युवाहरुको सामाजिक ,आर्थिक र भौतिक विकासमा जेसिसको भूमिका महत्वपूर्ण रहेको बताए । उनले युवाहरुको सहभागिता बिना गाँउघर , समाज र देशको मुहार परिर्वतन गर्न असम्भव रहेको बताए । कार्यक्रममा अत्तरिया जेसिज बर्ष २०२० का लागि निर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ खादै पदभार ग्रहण गरेका छन् ।
२०२० का लागि निर्विरोध निर्वाचित अध्यक्ष प्रमोद अधिकारीलाई बर्ष २०१९ का अध्यक्ष गणेश शाहले सपथ खुवाएका थिए भने अन्य नवनिर्वाचित पदाधिकारीहरुलाई अध्यक्ष प्रमोद अधिकारीले सपथ खुवाएका थिए ।
अत्तरिया जेसिज बर्ष २०२० का लागि कार्यकारणी उपाध्यक्षमा जगतराम महरा र प्रकाश मल्ल निवाचित भएका छन् भने उपाध्यक्षहरुमा रविन्द्र खनाल , प्रदिप खड्का , लोकेन्द्र भाट र डण्डीराज जोशी निवाचित भएका छन् । यस्तै २०२० का लागि महासचिवमा हर्क बहादुर कडायत, कोषाध्यक्षमा भगवती साउँद, कानुनी सल्लाहाकारमा पदमराज ओझा, अध्यक्ष सल्लाहकार प्रेरणा पाण्डे मनोनित भएका छन् ।
सन् २०११ मा स्थापना भएको अत्तरिया जेसिसले यस बर्ष भब्य रुपमा क्षेत्र घ सम्मेलन गर्न सफल भएको थियो । उक्त सम्मेलन देशभरकै उत्कृष्ट सम्मेलन भएको भन्दै नेपाल जेसिजले अत्तरिया जेसिजलाई अवार्ड प्रदान गरेको छ । कार्यक्रममा यस क्षेत्रका बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि , राजनितिक दल , समाजसेवि , बुद्धिजिवी , जेसिजको छिमेकी शाखाका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा अत्तरिया जेसिज बर्ष २०१९ र क्षेत्र घ सम्मेलनलाई सफल पार्न सहयोग गर्ने विभिन्न ब्यक्ति , संघसंस्थाहरु र बर्ष २०१९ का पदाधिकारीहरुलाई सम्मान पत्र सहित सम्मानित गरिएको थियो ।
आफ्नो कार्यकालमा साचे जस्तै सबै कुरा सम्भव भएकोमा खुसी ब्यक्त गर्दै बर्ष २०१९ का अध्यक्ष गणेश शाहले सबैको साथ र सहयोगमा मात्रै यो सम्भव भएकाले सबै सहयोगी मनहरुलाई धन्यबाद दिए ।