अत्तरिया - कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा सु.प विश्वबिधालयका समसामयिक बिषयका बारेमा अन्तकृया एबम् छलफल कार्यक्रम सम्पन्न भएको छ । प्रजातन्त्रवादी प्रध्यापक संघ दुर्गालक्ष्मी बहुमुखी क्याम्पस ईकाइ समितिको आयोजनामा शनिवार अन्तकृया एबम् छलफल कार्यक्रम सम्पन्न भएको हो ।
प्रजातन्त्रवादी प्रध्यापक संघका ईकाइ सभापति हर्क बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा प्रजातन्त्रवादी प्रध्यापक संघका राष्ट्रिय उपाध्यक्ष जगन्नाथ जोशी प्रमुख अतिथी रहनुभएको थियो ।
उक्त कार्यक्रममा प्रजातन्त्रवादी प्रध्यापक संघका केन्द्रिय सदस्य सुरेश सिं भण्डारी , नेपाल प्रध्यापक संघका पूर्व केन्द्रिय सदस्य डा. लक्ष्मीराज पण्डित , सु.प विश्वबिधालयका प्रध्यापक यज्ञराज पाठक र प्रजातन्त्रवादी प्रध्यापक संघका पूर्व राष्ट्रिय अध्यक्ष डा. हरिशचन्द्र भट्ट बिशिष्ट अतिथी रहनुभएको थियो ।
छलफलका क्रममा संगठनको प्रभावकारी , सु.प विश्वबिधालयमा पदाधिकारीहरुको नियुक्ति , सु.प विश्वबिधालयका १४ वटा आंगिक क्याम्पसको समायोजक पुर्णता , सु.प विश्वबिधालय संघिय वा प्रादेशिक के हुने भन्ने सम्बन्धी लगाएत बिभिन्न बिषयहरुमा अन्तकृया एबम् छलफल भएको प्रजातन्त्रवादी प्रध्यापक संघ दुर्गालक्ष्मी क्याम्पसका उपसभापति मान बहादुर पालले जानकारी दिए ।
कार्यक्रममा दुर्गालक्ष्मी क्याम्पसका प्रमुख डम्बर बहादुर पाल , पूर्व क्याम्पस प्रमुख गिरिराज कडायत , प्रध्यापकहरु जनकराज जोशी , डा. दिपकराज जोशी , पृथ्वीराज आवस्थी , बिष्णु कठायत , कर्णदेव भट्ट लगाएतले मन्तब्य राख्नुभएको थियो । प्रजातन्त्रवादी प्रध्यापक संघ दुर्गालक्ष्मी क्याम्पसका उपसभापति मान बहादुर पालले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन सदस्य पदम साउँदले गरेका थिए ।