अत्तरिया - कैलालीको अत्तरियामा पुस २७ गतेदेखी सुरु भएको सूदुरपश्चिम प्रादेशिक महोत्सव आजवाट नियमित रुपमा संचालन हुने भएको छ । बर्षाका कारण दुई दिन स्थगित गरिएको महोत्सव आजवाट भने नियमित रुपमा संचालन हुने आयोजक अत्तरिया उधोग वाणिज्य संघले जनाएको छ ।
मौसममा आएको परिर्वतनले एक्कासी बर्षा हुन थालेपछि महोत्सव संचालन गर्न समस्या हुदा माघ ३ र ४ गते दुई दिनका लागि स्थगित गरिएको थियो । मौसम पुर्वानुमानका अनुसार आजवाट मौसममा पनि सुधार आउने भएको छ । मौसममा सुधार आउने भएपछि आजवाट निरन्तर रुपमा संगितिक कार्यक्रमहरु सुरु हुने अत्तरिया उद्योग बाणिज्य संघका महासचिव यज्ञ राज जोशीले जानकारी दिए ।
यस बर्ष महोत्सव सुरु हुनु पुर्व देखिनै मौसम बदलि भएर बर्षा हुँदै आएको थियो । महोत्सव सुरु भएयता महोत्सव उद्घाटनको दिन र माघ १ गतेका दिन घाम लागेको भएपनि अन्य दिन भने मौसमले महोत्सवलाई साथ दिएको थिएन ।
‘सम्वृद्ध प्रदेशको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सवमा आज आईतवार चर्चित लोकपप गायक प्रमोद खरेल , चर्चित हास्य कलाकार राजा राजेन्द्र , चर्चित उद्धघोषिका एबम् गायिका मञ्जु पौडेल , सुदुरपश्चिमका चर्चित देउडा गायक दिपेन्द्र दाहाल , प्रिति तामाड , सपना बिसी लगाएत कलाकारहरु संगै स्थानिय बिभिन्न प्रस्तुतिहरु रहने महासचिब यज्ञराज जोशीले बताए ।
अत्तरियाको पर्यटकिय क्षेत्र लामी ताल अगाडी संचालन भैरहेको महोत्सवमा १ सय ५० वटा बिभिन्न खालका स्टलहरु राखिएका छन् भने मदिरा तथा मदिराजन्य पदार्थहरुको बिक्रि वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।
महोत्सवको आर्कषणका रुपमा लामी तालमा डुगांको ब्यवस्था गरिएको छ भने रमाईलो मेला , बाल उधाम लगाएत पनि रहेका छन् । महोत्सव अबलोकनका लागि बिधार्थीहरुलाई ४० रुपैया र अन्य सर्वसाधारणलाई ५० रुपैया टिकट कायम गरिएको छ भने बृद्धबृद्धा तथा अपागंता भएका ब्यक्तिहरुलाई निशुल्क रुपमा प्रवेशको ब्यबस्था गरिएको छ ।