अत्तरिया - माघिको अबसरमा हरेक बर्ष झै यस बर्ष पनि सुदुरपश्चिमको प्रमुख धार्मीक एबम पर्यटकिय क्षेत्र गोदावरीमा स्नान गर्न जाने भक्तजनहरुको भिड बढेको छ । कैलाली कञ्चनपुर सहित सुदुरपश्चिमका पाहाडी जिल्ला र छिमेकी भारतवाट पनि गोदावरीमा स्नान गर्नका लागि ठुलो संख्यामा भक्तजनहरुको संख्या बढेको हो ।
गोदावरी धाममा आज मात्रै झण्डै दुई लाखको हाराहारीमा भक्तजनहरुले स्नान गरेका छन् । कैलाली कञ्चनपुर सहित सुदुरपश्चिमका पहाडी जिल्लाहरु र छिमेकी भारतका विभिन्न स्थानवाट आएका दुई लाखको हाराहारीमा भक्तजनहरुले गोदावरीमा स्नान गरेका हुन् । गोदावरी धाममा मंगलवार एक भब्य समारोहका बिच बाहराशि दर्शन मकर मेला पनि सुरु भएको छ ।
गोदावरीमा आज एकै दिन झण्डै २ लाख भक्तजनहरुले स्नान गरेको बाहराशि दर्शन मकर मेलाको संयोजक एबम् गोदावरी धामका अध्यक्ष पदमराज जोशीले जानकारी दिए । उनले हरेक बर्ष झै यस बर्ष पनि स्नान गर्नका लागि गोदावरी धाममा हिजो रातिदेखी नै भक्तजनहरुको घुईचो लागेको बताए ।
कैलाली कञ्चनपुर सहित आसपासका जिल्लाहरुबाट धाममा जाने क्रम अहिले साझ सम्म चलेको थियो । भक्तजनहरुले गोदावरीमा स्नान गर्नुको साथै ,शिव मन्दिरको दर्शन ,कुम्भ बाटिकाको दर्शन ,हनुमान मन्दिरको अबलोकन गरेका छन् । धाममा आउने भक्तजनहरुले आफ्ना पितृको सम्झनामा दान , भेटी , खाध्यन्न दिएका छन् ।
गोदावरी धाम विकाश समितीका संयोजक जोशीले मेलामा जाने भक्तजनका लागी स्नान कुण्ड, सुरक्षा , औसधि उपचार लगायत सहज दर्शनका लागी उचित व्यवस्थापन गरीएको बताए । गोदावरीमा स्नानका लागि सुदूरपश्चिमका ९ वटै जिल्ला संगै भारतवाट पनि ठुलो संख्यामा भक्तजनहरु पुगेको उनले बताए ।
स्नानका लागि गोदावरी धाम समितिले स्नान कुण्डहरुको समेत व्यवस्थापन गरेको छ । हरेक १२ बर्षमा कुम्भ मेला, ६ बर्षमा अर्ध कुम्भ र हरेक बर्ष मकर मेला लगाउने परिपाटी अनुसार यसबर्ष पनि गोदावरी धाम क्षेत्रमा मकर मेला लागेको छ । १२ गते सम्म चल्ने मेला अवधिभर नव ग्रह शान्ति महा अनुष्ठान, विषेश पुजा तथा पाठ, लक्ष्य हवन, पितृकर्म लगायत आरती तथा भजन कृतन हुने छन्। मेला अवधिभर सुदूरपश्चिम लगायत सिमावर्ती भारतका विभिन्न ठाउँहरुबाट लाखौ भक्तजनले दर्शन गर्ने अपेक्षा गरिएको छ ।
यसैबिच गोदावरी धाममा आयोजना गरिएको मकर मेला र भ्रमण बर्ष २०२० लाई लक्षित गरी गोदावरी नगरपालिकाले अत्तरिया देखि गोदावरी सम्म निःशुल्क बसको ब्यबस्था गरेको थियो । मकर मेलामा आवत जावत गर्ने श्रद्धालु भक्तजनहरुलाई सहज होस भन्ने उध्ेश्यका साथ हिजो पहिलो दिन मंगलबार र आज ९बुधबार० गोदावरी नगरपालिकाले निःशुल्क बस सेवा संञ्चालनमा ल्याएको हो ।