अत्तरिया - कैलालीको अत्तरियामा रहेको उज्यालो उधम सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विर बहादुर भाटको सभापतित्वमा शनिवार सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायत प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममागोदावरी नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णराज जोशी र जिल्ला सहकारी संघ कैलालीका उपाध्यक्ष फणिराज सापकोटा बिशिष्ट अतिथी रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपप्रमुख कडायतले सहकारी स्थापना गरेर मात्र नहुने हुदा सहकारीलाई अब विकास संग पनि जोड्नुपर्ने बताइन् । उनले अहिले थुप्रै सहकारीहरु स्थापना हुदै गएकोमा सहकारीहरुले आफ्नो कार्यक्षेत्रमा रहेका न्युन आयस्तर भएका नागरिकहरुको सेवा सुविधामा बढि भन्दा बढि ध्यान दिएर अघि बढ्न अनुरोध गरिन् ।
उनले सहकारीहरुको विकास भएमा शेयर सदस्यको विकास हुने र शेयर सदस्यहरुको विकास भएमा समर्ग नगरको विकासमा टेवा पुग्ने बताइन् । उनले सहकारीमा आबद्ध भएर बचत गर्ने र खाली ऋिण मात्रै लिने गर्नले केहि नहुने भएकाले सहकारीमा गरेको बचत र लिएको ऋिणको सहि सदुपयोग गर्न सम्पुर्ण शेयर सदस्यहरुलाई अनुरोध गरिन् ।
उनले सहकारीहरुले मुनाफा आर्जन गर्ने किसिमले नभई निम्न वर्गवाट संकलन गरेको स सानो पुजीलाई उनीहरुमा नै लगानी गरी अघि बढ्नुपर्ने बताइन् । उनले नगरपालिकाको तर्फवाट आफुले गर्न सक्ने सहयोग जुनसुकै बेला पनि गर्न तयार रहेको बताइन् । २०६९ सालमा ३६ जना शेयर सदस्यहरुको ३६ हजार शेयर पुजीवाट सुरु भएको सहकारी बिचमा केहि समस्या आएपनि अहिले नयाँ ब्यबस्थापनका साथ अघि बढेको छ ।
गोदावरी नगरापलिकाको १२ ओटै वडाहरुमा कार्यक्षेत्र रहेको संस्थामा अहिले ३ सय ७१ जना शेयर सदस्यहरु रहेका छन् भने ७ लाख १५ हजार ८ सय शेयर पुजी रहेको छ । संस्थाले आर्थिक बर्ष २०७५,०७६ को अषाढ मसान्त सम्ममा ४३ लाख २६ हजार २ सय ७० रुपैया ५७ पैसाको कारोबार गरेको छ ।
जसमा २८ लाख ५१ हजार १ सय ५० रुपैया ऋिण लगानी गरेको छ । कार्यक्रममा संस्थाकी ब्यबस्थापक पुनम भट्टराईले बार्षिक प्रतिबेदन र आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट दैनिक बचत कर्ता , असल बाल बचत , असल ऋिणी र उत्कृष्ट बजार प्रतिनिधिलाई नगद सहित सम्मानित गरिएको थियो । संस्थाकी उपाध्यक्ष पवित्रा ओलीले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन गोदावरी एफ एमका समाचार प्रमुख हेमराज भट्टले गरेका थिए ।