अत्तरिया - सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मीक एबम् पर्यटकिय स्थल कैलालीको गोदावरीमा निर्माण हुन लागेको सुदूरपश्चिमकै उग्लो बौद्ध स्तुपाको शिलन्यास गरिएको छ । गोदावरी नगरपालिका वडा नं ४ मा पर्ने गोदावरीमा रहेको पुरानो पुल र नयाँ पुलको बिचमा निर्माण हुन लागेको साङ्गो छ्योलिङ्ग गुम्बा बौद्ध स्तुपाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिवार बिहान शिलन्यास गर्नुभएको हो ।
शिलन्यास कार्यक्रममा मुख्यमन्त्री भट्टसंगै सुदूरपश्चिम प्रदेशका उधोग , पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट , सामाजिक विकास मन्त्री कृष्णराज सुबेदी , प्रदेश सभा सांसद तारालामा तमाङ , गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँद र उप प्रमुख रत्ना कडायत लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले नेपाल बिभिन्न जातजाती , भेषभुषा र धर्महरुले भरिएको देश भएकाले गोदावरीमा बन्न लागेको बौद्ध स्तुपा आफैमा महत्वपुर्ण रहेको बताए । उनले प्रदेश सरकारले राजधानी घोषणा गरेको र पर्यटकिय क्षेत्रले महत्वपुर्ण मानिने ठाउँमा सुदूरपश्चिम प्रदेशकै उग्लो बौद्ध स्तुपा निर्माण हुनु सबै प्रदेशबासीका लागि खुसीको कुरा रहेको बताए ।
उनले स्थानिय स्तरवाट निर्माणको काम सुरु गर्ने योजना र सहास गरेको भन्दै निर्माण समिति लगाएत सम्पुर्णमा धन्यवाद दिए । उनले पाहाडी सातैवाटा जिल्लालाई जोड्ने मुख्य प्रवेशद्धारका रुपमा रहेको गोदावरीको मुल ढोकामा बौद्ध स्तुपा निर्माण भएपछि अझै थुप्रै पर्यटकहरु भित्रने विश्वास ब्यक्त गरे । मुख्यमन्त्री भट्टले बौद्ध स्तुपा निर्माणका लागि प्रदेश सरकारका तर्फवाट पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । फरक प्रशंगमा उनले प्रदेशको राजधानी तोकिएको गोदावरीमा अबको केहि दिनमा राजधानी निर्माणको काम सुरु हुने बताए ।
जग्गा प्राप्तीमा समस्या भएकाले काम गर्न नसकेको बताउदै उनले अब भने छिटै त्यसको टुङ्गो लगाएर काम सुरु गर्ने जानकारी गराए । उधोग , पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले आफैमा धार्मीक एबम् पर्यटकिय क्षेत्र रहेको गोदावरीमा बौद्ध स्तुपा निर्माण हुनु सबैका लागि फाईदाजनक रहेको बताइन् ।
उनले सुन्दर देवभूमिले परिचित सुदूरपश्चिममा रहेको पुराना पर्यटकिय स्थलहरुको संरक्षण र नयाँ गन्तब्यहरुको स्थापना गर्ने सरकारको लक्ष्य र योजना रहेको बताइन् । सुदूरपश्चिमकै उग्लो बौद्ध स्तुपा निर्माण पश्चात गोदावरीमा थप पर्यटकहरु आकर्षित हुने बताउदै उनले सरकारको योजना पनि सुदूरपश्चिममा बढि भन्दा बढि पर्यटकहरु कसरी भित्राउन सकिन्छ भन्ने रहेको बताइन् ।
अढाई करोड कुल लगानी लाग्ने बौद्ध स्तुपा ६३ फिट अग्लो हुने छ । अहिले स्थानियहरु कै सकृयतामा स्तुपा निर्माणको कार्य अघि बढाईएको निर्माण समितीका अध्यक्ष बिर्खराज भट्टले जानकारी दिए ।
उनले शिलन्यास भएर काम शुरु भएपनी यसको लागी आबश्यक बजेट भने सरकारी निकायबाट नै पाउने विश्वास ब्यक्त गरे । यो योजना एक दुइ बर्षका लागि नभई बृहत रुपले अगाडी बढाइने उनको भनाई छ । बौद्ध स्तुपा परिसरमा स्तूपा सम्बन्धी अन्य पूर्वाधारहरू पनि निर्माण गर्न सकिने गरि योजना रहेकाले सबैको साथ र सहयोगको अपेक्षा गरिएको उनले बताए ।