अत्तरिया – गोदावरी नगरपालिकाको कार्यालयले आर्थिक वर्ष २०७६/०७७ को अर्ध बार्षिक प्रगति समीक्षा गोष्ठि सम्पन्न गरेको छ । नगरपालिकाका नगर प्रमुख हरी सिं साउँदको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाबाट चालु आर्थिक बर्षको ६ महिनामा सम्पन्न कार्यक्रमको बारेमा प्रमुख प्रशासकिय अधिकृत खेम राज बिष्टले प्रकाश पार्नु भएको थियो ।
अर्ध बार्षिक प्रगति समीक्षा गोष्ठिमा प्रमुख प्रशासकिय अधिकृत बिष्टले आर्थिक बर्ष २०७६/०७७ को ६ महिनामा भएका मुख्य उपलब्धि प्रस्तुत गरेका थिए । उनले गोदावरी नगरपालिकाको भवन निर्माण सम्भौता भई निर्माण सुरु भएको, ३० किलोमिटर पक्की सडक ठेक्का मुल्याङ्कनमा रहेको, भवन ठेक्का प्रक्रिया सम्पन्न भएको, नाली ठेक्का प्रकृया सम्पन्न भएको, अत्तरिया नगरलाई फोहर मुक्त बनाई स्वच्छ र स्वस्थ्य वातावरण निर्माणलाई निरन्तरता दिएको र ढल निकासका लागि मुख्य सहरी बस्तीहरुमा योजना अघि बढेको बताए ।
अर्ध बार्षिक प्रगति समीक्षामा साढे ५ महिनाको अविधिमा १२ दशमलव ५० प्रतिशत मात्रै पुजिगत खर्च र २९ दशमलव ५६ प्रतिशत चालु खर्च भएको जनाईएको छ । आर्थिक बर्ष २०७६/०७७ मा चालु तर्फ ४९ करोड ४६ लाख ७५ हजार छुट्याईएकोमा १३ करोड १२ लाख ४३ हजार ३ सय ५० खर्च भएको छ भने पुजिगत तर्फ ४४ करोड ६९ लाख ४१ हजार ५ सय छुट्याईएकोमा ५ करोड ६२ लाख ८७ हजार ९ सय ५६ रुपौयाँ खर्च भएको छ ।
नगरपालिकाकाले आन्तररिक आयको प्रगती भने सन्तोशजनक रहेको छ । चालु आर्थिक बर्षमा १२ करोड ९५ लाख आन्तरिक आयको लक्ष राखेकोमा ५ महिनाको आवधिमा ६ करोड ८ लाख संकलन भएको छ । जुन लक्षको ४७ प्रतिशत हो । समिक्षामा नगरपालिकाकाले कुल पौस १५ सम्मको कुल आय ५२ करोड २ लाख ५८ हजार ६ सय तिस रहेको समिक्षा गोष्ठिमा जानकारी गराईएको छ । जसमा संघिय सरकारबाट प्राप्त अनुदान, प्रदेश सरकारबाट प्राप्त अनुदान, राजश्व बाँडफाडबाट प्राप्त र आन्तरीक आय समाबेस गरिएको छ ।
वडा नम्बर १ बाट सबै भन्दा बढी राजश्व संकलन
अर्ध बार्षिक प्रगति समीक्षा गोष्ठिमा सबैभन्दा बढी राजश्व संकलन गोदावरी नगरपालिकाको वडा नम्बर १ बाट भएको जानकारी गराईएको छ । प्रमुख प्रशासकिय अधिकृत बिष्टले गोदावरी नगरपालिकाको वडा नम्बर १ बाट १९ लाख ४ हजार ३ सय ७३ राजश्व संकलन भएको बताए । नगरपालिकामा सबैभन्दा कम राजश्व संकलन भएको वडा नम्बर ७ बाट १ लाख १२ हजार ९ सय १० रुपौंया राजश्व संकलन भएको छ । वडा नम्वर २ बाट १५ लाख, वडा नम्बर ३ बाट ४ लाख १५ हजार ४ सय ५, वडा नम्बर ४ बाट २ लाख ४३ हजार ६ सय ५९, वडा नम्बर ५ बाट ६ लाख ९३ हजार ६ सय १९ र वडा नम्बर ६ बाट ३ लाख १२ हजार ४ सय २७ राजस्व संकलन भएको छ । त्यस्तै वडा नम्बर ८ बाट २ लाख ८० हजार ८ सय ९०, वडा नम्बर ९ बाट २ लाख ३२ हजार, वडा नम्बर १० बाट २ लाख ३ हजार ७ सय ३५, वडा नम्बर ११ बाट २ लाख ८६ हजार ७ सय २३ र वडा नम्बर १२ बाट १ लाख १६ हजार ७ सय ८२ राजश्व संकलन भएको छ ।
८३ प्रतिशत योजना सम्भौता हुँनै बाकी
अर्ध बार्षिक प्रगति समीक्षा गोष्ठिमा ८३ प्रतिशत योजना अझै सम्भौता हुन बाकी रहेको जानकारी गराईएको छ । नगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ कुल ६ सय १७ योजना कार्यान्वयन गर्ने लक्ष्य राखिकोको आर्थिक बर्षको आधा समय सम्म ५ सय १३ योजना अझै सम्भौता हुन बाँकी रहेका छन । प्रमुख प्रशासकिय अधिकृत बिष्टले नगरपालिकाले हालसम्म १० योजना सम्पन्न गरेको जानकारी दिए । त्यस्तै ९५ योजना संचालनमा रहेका छन भने १ सय ५ योजना सम्भौता भईसकेका छन ।
आर्थिक बर्षको आधा समय सम्म पनि धेरै योजना सम्भौता हुनै बाकी रहँदा बिगतका बर्षकै जस्तो आर्थिक बर्ष सकिने समयमा योजना सम्भौता हुने आसंका बढेको छ । समिक्षा गोष्ठिमा वडा अध्यक्षहरुले नियमिति समिक्षा हुनु पर्ने बताएका थिए । आर्थिक बर्षको ४/४ महिनामा समिक्षा गरिनुपर्ने माग वडाअध्यक्षहरुले गरेका थिए । स्थानिय चुनाव पछि गोदावरी नगरपालिले पहिलो पटक अर्ध बार्षिक समिक्षा गोष्ठी गरेको हो ।