अत्तरिया - सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको अत्तरियामा रहेको अत्तरिया उधोग बाणिज्य संघको तेस्रो बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संघका अध्यक्ष अशोकराज देवकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कागे्रश सुदूरपश्चि प्रदेश संसदिय दलका नेता डा. रण बहादुर राबल प्रमुख अतिथी रहनुभएको थियो । यस्तै कार्यक्रममा सशस्त्र प्रहरी बैजनाथ बाहिनी अत्तरियाका एसपी बिरेन्द्र बहादुर ऐर , ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी ज्ञान बहादुर बिष्ट ,पदमा अस्पतालका प्रबन्धक डा. नर बहादुर मौनी बिशिष्ट अतिथी रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी डा .राबलले वर्तमान सरकार ब्यवसायीका हक हितमा काम गर्न इच्छुक नरहेको आरोप बताए । उनले देशलाई आर्थिक सम्बृद्धी तर्फ डो¥याउन ब्यवसायीको महत्वपुर्ण योगदान हुने भएपनि ब्यवसायीलाई सरकारले हेर्ने दृष्टिकोण गलत भएको बताए । बर्तमान सरकार ब्यवसायीका हक हितमा भन्दा पनि कर असुल्न तर्फ बढि जोड दिइरहेको उनको आरोप लगाए । ब्यवसायीका समस्या समाधान गरी ब्यवसायी मैत्री कानुन निर्माण गर्न छोडेर तिनै तहका सरकार कर असुल्नमा मात्रै लागेको उनले आरोप लगाए ।
सरकारले उधोगको क्षेत्रमा ठुला ठुला गफहरु दिने गरे पनि सुदूरपश्चिममा लामो समयदेखी बन्द अबस्थामा रहेका उधोग सञ्चालनमा अहिले सम्म सरकारले कुनै चासो नदेखाएका उनको भनाई छ । नेता रावलले उधोग धन्दा सञ्चालनका लागी सरकार लगानीको वातावरण बनाउननै पन्छिरहेको लगाए । उनले सुदूरपश्चिममा उधोगधन्दा , कलकारखाना तथा औधोगिक क्षेत्रको विकासका लागि सबैभन्दा पहिला लगानीमैत्री वाताबरण बनाउन आवश्यक रहेको सुझाव दिए ।
जबसम्म ब्यवसायीले ढुक्क संग लगानी लगाउने वातावरण पाउँदैन तबसम्म देशमा लगानी नबढ्ने उनको भनाई थियो । फरक प्रशंगमा उनले प्रदेश सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको आरोप लगाए । उनले जनताका इच्छा चाहाना एक हुने तर प्रदेश सरकारले काम भने आफ्ना कार्यकर्ता पाल्ने किसिमका मात्रै गर्ने गरेको बताए ।
संघको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अत्तरिया उधोग बाणिज्य संघका महासचिब यज्ञराज जोशीले उधोग,ब्यापारी क्षेत्रमा समपिर्त उधोगी ब्यबसायीहरुको हक हित संरक्षण सम्बद्धन संगसंगै यस क्षेत्रको समग्र बिकासको उध्ेश्य लिएर २०७१ साल जेठ २१ गते स्थापना भएको अत्तरिया उधोग बाणिज्य संघले यस क्षेत्रका उधोगी ब्यापारीको हकहित संगै बिभिन्न सामाजिक कार्यहरु कुसलता पुर्वक संचालन गर्दै आइरहेको बताए । उनले ब्यबसायिक एक्यबद्धतामा सहजता तथा विकासका लागि अत्तरिया उधोग बाणिज्य संघ नेपाल उधोग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश हुदै नेपाल उधोग बाणिज्य महासंघ केन्द्रिय कमिटिसंग पनि आबद्ध हुन सफल भएको बताए ।
उनले सुदूरपश्चिमका पर्यटकिय क्षेत्रको उजागर गरि यँहाको भाषा , कला, सस्कृतिको संरक्षण एबम् सम्बद्धन गर्न उधोग बाणिज्य संघले महोत्सबको आयोजना गर्दै आएको बताए । यस्तै बर्तमान कार्यसमिति निर्वाचित भई आईसकेपछि निर्माणाधिन रहेको भवनको पुरानो रकम तिर्न सफल भएको र अधुरो भवनको निमार्ण कार्यको सुरुवात गरेको जानकारी गराए । बिविध गतिबिधि संञ्चालन गर्ने क्रममा हामिले बारा, पर्सा , रौतहट ,लगाएत तराईका जिल्लाहरुमा आएको बिनासकारि हावाहुरी बाट पिडित भएकाहरुका लागि स्थानिय स्तरबाट आर्थिक संकलन गरि नेपाल उद्योग बाणिज्य महासंघ सुदुर पश्चिम प्रदेश मार्फत बितरण गरेका छौ उनले भने ।
अत्तरिय उधोग बाणिज्य संघका संस्थापक अध्यक्ष बसन्त रोकायले यसै क्षेत्रवाट बिजयी भएर गएका लेखराज भट्ट नेपाल सरकारको उधोग बाणिज्य तथा आपुतिमन्त्री बनेपछि अब यस क्षेत्रमा औधोगिक क्षेत्रको विकासले गति लिने आशा ब्यक्त गरे । उनले यो आशालाई निशारामा परिणत हुन नदिन उधोगमन्त्रीले खली योजना मात्रै नबनाइ काम गरेर देखाउनुपर्ने बताए ।
अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले अत्तरिया उधोग बाणिज्य संघ नेपाल उधोग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश हुदै नेपाल उधोग बाणिज्य महासंघ केन्द्रिय कमिटिसंग पनि आबद्ध हुन सफल भएको भन्दै सहयोगी सबैलाई धन्यवाद दिए । वर्तमान सरकारले उधोगी , ब्यबसायीहरुको ढाड सेकिने गरि बिभिन्न बिषयमा कर लगाइरहेको प्रति आफुहरुको ध्यानाकर्षण रहेको बताउदै उनले सरकारले औधोगिक क्षेत्रको विकासका लागि लगानीमैत्री बाताबरण सिर्जना गर्न आवश्यक रहेको बताए ।
उनले केहि दिन पहिले मात्रै अत्तरिया उधोग बाणिज्य संघको आयोजनामा करदाता शिक्षा सम्बन्धि कार्यक्रम सम्पन्न गरेको र अब कर तिर्नका लागि मात्रै अत्तरियाका ब्यापारीले धनगढी जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै अत्तरियामा कर तिर्ने ब्यबस्था गर्न लागिएको बताए । संस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै उधोग बाणिज्य संघकी कोषाध्यक्ष सिता सोपले संस्थाले आर्थिक बर्ष ७५÷७६ मा ६० लाख ५० हजार बराबरको कारोबार गरेको जानकारी दिइन् ।
उनले गत बषए संचालन भएको महोत्सवबाट ४६ लाख ७२ हजार ४ सय ५९ रुपयाँ आम्दानी भएको बताइन् । अत्तरिया क्षेत्रका उधोगी , ब्यापारी , ब्यबसायी , बिभिन्न संघका प्रतिनिधिहरु सहभागी कार्यक्रमको संचालन अत्तरिया उधोग बाणिज्य संघका महासचिब यज्ञराज जोशीले गरेका थिए ।