अत्तरिया - सुदूरपश्चिमका बिभिन्न ठाँउहरुमा हिमपात संगै बर्षा भैरहेको छ । कैलालीको अत्तरिया धनगढी सहित बिभिन्न ठाँउहरुमा गएराति देखी बर्षाका हुनुका साथै पाहाडी जिल्लाहरुमा हिमपात भैरहेको हो ।
सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा हल्का हावाहुरी सहित बर्षा र पहाडी जिल्ला तथा हिमाली जिल्ला बझाङ, बाजुरा , डोटी , बैतडी , डडेल्घुरा लगाएतका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । बर्षा र हिमपातका कारण अहिले चिसो निकै बढेको छ । लामो समयपछि भएको बर्षा र हिमपातका कारण जनजिवन प्रभावित भएको छ । चिसोका कारण बाहिर तिर अन्य दिनको तुलनामा मनिसहरुको चहलपहल कम देखिएको छ ।
चसोका कारण दैनिक ज्याला मजदुरी गरेर खाने बर्ग , बृद्धबृद्धा , केटाकेटीहरुलाई केहि समस्या भएको छ । यस बर्ष बर्खायममा खासै बर्षा भएको थिएन । पश्चिमि निम्न चापिय प्रणालीको प्रभावले आज देशभरको मौसम पूर्ण बदली भएको छ । आज पश्चिमी क्षेत्रमा हिमपातसँगै वर्षा र सामान्य हुरी समेत चल्ने र यो क्रम रातिसम्म कायमै रहने जल तथा मौसम पुर्वानुमान शाखाले जनाएको छ ।
किसानहरुले भने - यस बर्ष चाहिएको बेलामा पानी पञ्र्यो
कैलालीको गोदावरी नगरपालिका वडा नं २ बस्ने कैलाश भट्ट आज हिउँदे बाली गहँुमा पानी लगाउने तयारी गरिरहेको थिए । एक महिना पहिले गहुँ छरेका उनले गहुँ बढ्न थालेपनि मलजल गर्नका लागि आज मोटरबाट पानी लगाउने तयारी गरेका थिए । यद्धपी गएरातिवाट पानी पर्न सुरु भएपछि उनी निकै खुसी भएका छन् ।
यस बर्ष चाहिएको बेलामा पानी परेपछि यसवाट आफुहरुलाई धेरै राहत मिलेको उनले बताए । उनी मात्रै होइन अहिले जिल्लाका सबै किसानहरु खुसी भएका छन् ।
गत वर्ष लामो समय सम्म बर्षा नहुदा खडेरीका कारण उत्पादन घटेको भन्दै यस बर्ष समयमै पानी परेपछि किसानहरुलाई ठुलो राहत मिलेको छ । कैलाली जिल्लालाई अन्नभणडारको प्रमुख मानिएपनि ३८ प्रतिशत खेतियोग्य जमिनमा सिचाईको सुबिधा पुग्न सकेको छैन । सिचाईको सुबिधा नपुगेका ठाँउका किसानहरु सधैब आकाशे पानीको भरमा खेती गर्न बाध्य छन् ।