अत्तरिया- कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा 'स्वास्थ्य सचेतना' कार्यक्रम सम्पन्न भएको छ । अत्तरिया जेसिज बर्ष २०१९ को आयोजनामा शनिवारदेखी सुरु भएको जेसिज सप्ताह अन्र्तगत आज पाँचौ दिन दुर्गालक्ष्मी क्याम्पसमा अध्यनरत बिधार्थीहरुका माँझ 'स्वास्थ्य सचेतना' कार्यक्रम सम्पन्न भएको हो ।
जेसिजको बार्षिक कार्यक्रम अनुसार भैरहेको सप्ताहमा आज क्याम्पसमा अध्यनरत बिधार्थीहरुलाई आफ्नो स्वास्थ्यको ख्याल कसरी गर्ने , के गर्दा स्वास्थ जिवनयापन जिउन सकिन्छ भन्ने सम्बन्धि जानकारी दिइएको कार्यक्रमका संयोजक एबम् अत्तरिया जेसिज बर्ष २०१९ का उपाध्यक्ष जगत महराले जानकारी दिए ।
कार्यक्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत डा. निराजन शर्मा पौडेलले आफ्ना अनुभवहरु सुनाउदै स्वास्थ्य सचेतना सम्बन्धि जानकारी गराउनुभएको थियो । उनले सानो सानो गल्तीले पछि गएर ठूलो समस्या भोग्नुपर्ने हुदा सबैले बेलैमा आफ्नो स्वास्थ्यप्रति गम्भिर बन्नुपर्ने सुझाव दिए ।
'स्वास्थ्य भन्दा ठूलो सम्पत्ति अरु केहि नभएकाले सबै भन्दा पहिला सबै आफ्नो स्वास्थ्यप्रति सबै गम्भिर बन्नुहोला' उनले भने - 'कम्तिमा महिना दिन ६ महिना आफ्नो स्वास्थ्य चेकजाच गराउनुहोस , स्वाच्छ , सफा र ताजा खानेकुराहरु खानुहोस , लगाउनुपर्ने खोपहरु समयमै लगाउनुहोस यसरी हाम्रो स्वास्थ्य सधै तन्दुरुस्त रहन्छ ।' अत्तरिया जेसिज बर्ष २०१९ का अध्यक्ष गणेश शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डम्बर ब.पाल , क्याम्पसका शिक्षक , बिधार्थी , अत्तरिया जेसिज र अत्तरिया जुनियर जेसिजका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम संयोजक महराले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन महासचिब प्रमोद अधिकारीले गर्नुभएको थियो । जेसिज सप्ताह अन्र्तगत भोली २६ गते गोदावरी २ मा कडायत टोलमा रहेको खेल मैदानमा अत्तरिया जेसिज र धनगढी जेसिज बिच मैत्रीपुर्ण क्रिकेट प्रतियोगिताको आयोजना गरिएको जेसिज सप्ताह मुल समारोह समितिका संयोजक एबम् अत्तरिया जेसिजका कार्यकारणी उपाध्यक्ष हर्क बहादुर कडायतले जानकारी दिए ।