अत्तरिया- अत्तरिया जेसीज बर्ष २०१९ को आयोजनामा शनिवारदेखी सुरु भएको जेसीज सप्ताहको दोस्रो दिन आज अनुभाव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । अत्तरिया जेसिजको बार्षिक कार्यक्रम अनुसार सुरु भएको सप्ताहाब्यापी कार्यक्रममा आज अत्तरियामा रहेको भागेश्वर गुप्रका संचालक एबम् एक सफल उधोगी लालबहादुर बोगटीले आफु ब्यबसायिक रुपमा अघि बढिरहदा आएका चुनौती आफ्नो मेहनत , परिश्रम तथा आफ्ना तिता मिठा अनुभावहरु सुनाउनुभएको अनुभव आदानप्रदान कार्यक्रमका संयोजक एबम् अत्तरिया जेसिजका सचिब डण्डीराज जोशीले जानकारी दिए ।
उनले कुनै पनि नयाँ कामको सुरुवात गर्दा थुप्रै चुनौतिहरु देखा पर्ने हुदा लागेको कामलाई सफल बनाउन त्यस्ता चुनौतिहरुको सामना गर्दै गएमा मात्र एक दिन सफल बन्न सकिने बताए । उनले आफ्नो उदाहरण दिदै भने - 'हेर्नुस म पनि एउटा सुदूरपश्चिमको एउटा सामान्य परिवारको छोरो , सुदूरपश्चिमको पाहाडी जिल्ला डोटीको स्थानिय सिम्मोगाड्मा चियापसलबाट मैले ब्यबसाय सुरु गरे । मैले कहिले सोचेको थिएन कि म अहिले यति धेरै ब्यबसायहरु सम्हाल्न सक्छु ।'
उनले मेरो मेहेनत , परिश्रम र दृढताले अहिले यो स्थानमा पुगेको छु । उनले अहिले आफुले आधा दर्जन भन्दा बढि ब्यबसायहरु एक साथ संचालन गरिरहेको बताए । बोगटीको अहिले कैलालीको अत्तरियामा काठ मिल , तेघरीमा राईस मिल , कञ्चनपुरको पुनर्वास चिनी मिल सहित काठमाडौमा बिस्कुट कम्पनी रहेको छ । उनले अहिले आफुले खोलेको उधोगकलकारखानामा अहिले सयौले रोजगारी समेत पाइरहेको बताए ।
आफ्नो कम्पनीमा अहिले १३०० भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाएको बताउदै उधोगी बोगटीले आफू सुदुरपस्चिम प्रदेशमा सबै भन्दा बढी कर तिर्ने ब्यवसायी रहेको समेत जानकारी गराए । उनले अहिले पनि आफु १५, १६ घण्टा काममै ब्यस्त हुने गरेको बताए । उनले ब्यबसाय संचालान गर्न ठुलो लगानी चाहिन्छ भन्ने मानसिकता हटाउन आग्रह गर्दै सफलता हात पार्नका लागि थोरै थोरै पुजीले सहयोग गर्ने बताए ।
यसका लागि ठुलो सोचका साथ आफुमा बिश्वास र काम प्रति निरन्तरता लगनशीलता हुन आवश्यक रहेको उनको भनाई थियो । जेसिज सप्ताह अन्र्तगत भोली २३ गते अत्तरिया चोकमा ट्राफिक सचेतना कार्यक्रम रहेको मुल समारोह समितिका संयोजक हर्क ब कडायतले जानकारी दिए ।