अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाको भवनको शिलन्यास गरिएको छ । स्थापना भएको पाँच बर्ष पछि शुक्रवार गोदावरी नगरपालिकाका नगप्रमुख हरि सिं साउँदले भूमि पुजन गर्दै नगरपालिका भवनको शिलन्यास गर्नुभएको हो । गोदावरी नगरपालिकाको वडा नं २ तेघरी ब्यारेक भन्दा केहि बर नगरपालिकाले यस अघि खरिद गरेको १५ कठ्ठा जमिनमा नगरपालिकाको भवनको शिलन्यास गरिएको हो ।
एसियाली बिकास बैकंको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यन्व्यन ईकाइले बनाउन लागेको भवन २० महिना अर्थात २०७८ साल साउन महिनामा सक्ने गरि शर्मा एण्ड कम्पनीसंग १० करोडमा ठेक्का सम्झौता गरिएको छ । सुदुरपश्चिम प्रदेशका चार बटा स्थानिय तहमा काम गरिरहेको क्षेत्रीय सहरी विकास आयोजनाले सुरुमा चार तलाको भवन बन्ने भनिए पनि अहिले भने २ तलाका मात्रै भवन निर्माण गरिन लागेको बताएको छ ।
भवन निर्माणका लागि पहिले नै बजेट बिनियोजन गर्दा अहिले बजेट अभवमा समस्या भएकाले कुल १४ करोड लागत लाग्ने गरि काम अघि बढाएको क्षेत्रीय सहरी विकास आयोजना कार्यन्व्यन ईकाइका उप ब्यबस्थापक श्याचन्द्र बुढाथोकीले जानकारी दिए । उनले अब बन्ने नगरपालिकाको भवन सुबिधा सम्पन्न हुने बताए । उनले यो भवन अपाङ्गमैत्री बन्ने र यसमा थुप्रै सुबिधाहरु रहेको बताए ।
साथै उनले बिचमा कुनै अबरोध नआए तोकिएकै समय अबधिमा भवन बन्ने दाबी गरे । स्थापना कालदेखी नै भाडाको घरमा संचालनमा रहेको नगरपालिकाको आफ्नो भवन नहुदा दैनिक सेवा प्रवाहमा समस्या हुदै आएको थियो । नगरपालिकामा जनप्रतिनिधि आएको ढाई बर्ष पछि अब भने आफ्नै भवन बन्ने भएपछि जनप्रतिनिधि र स्थानियहरु खुसी भएका छन् । गोदावरी नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णराज जोशीले अहिले भाडाको घरमा संचालनमा रहेको नगरपालिकाको भवनमा धेरै शाखाहरु राखेर काम गरिरहदा समस्या भैरहेकाले अब भने आफ्नै सुबिधा सम्पन्नवाट काम गर्दा निकै सहज हुने बताए ।
उनले अब वडा कार्यालयको भवन निर्माणका कामलाई पनि नगरपालिकाले तिब्रता दिने बताए । १२ ओटा वडा रहेको यस नगरपालिकाका एक दुई बाहेक सबै वडा कार्यालयहरु भाडाको घरमा संचालनमा रहेका छन् । गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउँदले थुप्रै प्रयासवाट अब गोदावरी नगरपालिकाले आफ्नो भवनवाट सम्पुर्ण सेवा सुबिधाहरु दिने भएकाले सबैका लागि यो खुसीको कुरा भएको बताए ।
उनले तोकिएको समयभन्दा अगाबै निर्माण कम्पनीले भवन निर्माण गरेमा नगरपालिकाका तर्फवाट प्रमाण पत्र सहित सम्मान गर्ने बताए । उनले नया बन्न लागेको भवनलाई सुबिधा सम्पन्न र गुणस्तरिय बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको बताए । उनले भवन निर्माणका क्रममा सबैले भवनको निरन्तर रेखदेख र अनुगमन गर्नुपर्ने बताए । उनले अहिले गोदावरी नगरपालिकाका सबै जसो वडाहरु भाडाको घरमा संचालनमा रहेकाले अब नगरपालिकाको भवन संगै वडा कार्यालयका भवनहरु निर्माणको कामलाई पनि अगाडी बढाइने बताए ।
उनले चालु आर्थिक बर्षमा वडा कार्यालयको भवन निर्माणका लागि केहि बजेट पनि छुट्याएको जानकारी गराए । अहिले १५ कठ्ठा जमिन खरिद गरिकै ठाउमा नगरपालिकाले अझै ५ कठ्ठा जमिन खरिद गर्ने नगरप्रमुख साउँदले बताए । उनले यसका लागि गत बर्ष नै निर्णय गरिएपनि केहि प्राबिधिक कारण समस्या भएको बताए । उनले सोहि ठाउमा ५ कठ्ठा जमिन खरिद गरेर कुनै दातृ निकायले सहयोग गरेमा एक हजार जना जति अठ्न हल निर्माण गर्ने योजना रहेको नगरप्रमुख साउँदले बताए ।
२०७८ साउन महिनामा निर्माण सम्पन्न गर्ने गरि यहि मंसिर २ गते शर्मा एण्ड कम्पनीसंग सम्झौता गरिएको हो । शिलन्यान कार्यक्रममा क्षेत्रीय सहरी विकास आयोजनाका प्रमुख , गोदावरी नगरपालिकाका १२ वटै वडाका अध्यक्षहरु , कार्यपालिका सदस्यहरु , नगरपालिकाका कर्मचारीहरु लगाएतको सहभागिता रहेको थियो ।
स्थापना भएको ५ बर्षसम्म पनि गोदावरी नगरपालिकाको आफ्नो भवन नहुदा महिनाको लाखौ रुपैया घर भाडामा मात्रै खर्च भैरहेको छ । अब नगरपालिकाको आफ्नो भवन बन्ने भएपछि सम्पुर्ण नगरबासीहरुले एउटै सुबिधा सम्पन्न भवनवाट सेवा सुबिधाहरु पाउने भएका छन् । २० महिना अगाबै सक्ने दाबी सहित निर्माण सुरु गरिएको गोदावरी नगरपालिकाको भवन समयमै बनोस र चाडै नगरपालिकाले आफ्नै भवनवाट सम्पुर्ण प्रशासनिय कार्यहरु संचालन गरोस ।