अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ४ को आर्थिक सहयोगमा युवा क्षमता बिकास उपभोक्ता समितिले एक हप्ता सम्म संञ्चालन गरेको युवा क्षमता बिकास कार्यक्रम सम्पन्न भएको छ । गोदावरी ४ बास्कोटामा रहेको राष्ट्रिय मा.विवाट यहि मंसिर १० गतेदेखी सुरु भएको युवा क्षमता बिकास कार्यक्रम गोदावरी ४ बन्दगडामा रहेको ग्वालादेउ आधारभुत बिधालयमा गएर मंगलबार सम्पन्न भएको हो ।
युवा क्षमता बिकास समितिका अध्यक्ष डण्डीराज जोशीको सभापतित्वमा भएको समापन कार्यक्रमका प्रमुख अतिथी गोदावरी वडा नम्बर ४ कि वडा सदस्य कृष्णा जोशी रहनुभएको थियो । यस्तै कार्यक्रममा वडा नं ४ का वडा सदस्य शेर बहादुर घर्तीमगर बिशिस्ट अतिथी रहनुभएको थियो । कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका सदस्य खेम साउद , शिक्षक अभिभावक संघका अध्यक्ष गङ्गा ब. साउद बिघालयका सह प्रधानाध्यापक अमरनाथ पनेरु लगाएत अतिथि रहनुभएको थियो ।
समापन कार्यक्रममा दुर्गालक्ष्मी नमुना माबिका शिक्षक हरिप्रसाद ओझा र महेश्वर भट्टले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । राष्ट्रीय मा.बी बास्कोटावाट सुरु भएको युवा क्षमता बिकास कार्यक्रम लक्ष्मी आधारभुत बिधालय बुदीतोला , भगवती आधारभुत बिधालय फुलवस्ती , दुर्गा मा बी. हाटखोली , ग्वालादेउ आधारभुत बिधालय बन्दगडा सहितका गोदावरी नगरपालिका वडा नं ४ भित्र रहेका बिभिन्न आधारभुत बिधालय र माध्यामिक बिधालयहरुमा एक हप्ता सम्म कार्यक्रम संञ्चालन गरिएको युवा क्षमता बिकास समितिका अध्यक्ष डण्डीराज जोशीले जानकारी दिए ।
उनले हरेक दिन फरक फरक बौद्धिक ब्यक्तिहरुले प्रशिक्षण दिएको बताए । युवाहरुलाई भबिष्यको कर्णधार भन्ने गरिएपनि पछिल्लो समय धेरै जसो युवाहरु बिभिन्न खाले कुलतमा लगेर आफ्नो भबिष्य नै अन्धकार बनाइरहेका बेला युवाहरुमा सकारात्मक सोचको बिकास गरि उनीहरुलाई थप उत्प्रेरणा दिन वडा कार्यलयको सहयोगमा कार्यक्रमको संचालन गरिएको उनले बताए ।
उनले कार्यक्रमलाई सफल पार्न कार्यक्रम सञ्चालन अवधिभर सहयोग गर्ने गो.न.पा ४ का अध्यक्ष , वडा सदस्य , प्रशिक्षक लगाएत सम्पुर्ण युवा क्षमता बिकास समितिका पदाधिकारीहरुलाई धन्यवाद दिए । युवा क्षेमता बिकास समितिका सदस्य महेश्वर भट्टले स्वागत मन्तब्य राखेको समापन कार्यक्रमको संञ्चालन समितिका कोषाध्यक्ष रामचन्द्र भट्टले गरेका थिए ।