अत्तरिया - सुदुरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले पहिला आफ्नो घरमा हुने महिला हिंसा रोकिनुपर्ने बताएकी छन् । कैलालीको गोदावरी नगरपालिका वडा नं ११ ओलानीमा सुदुरपश्चिम सामाजिक विकास मञ्चले आयोजना गरेको महिला हिंसा माथि १६ दिने अभियान अन्र्तगतको एक दिने गोष्ठीमा बोल्दै उनले यस्तो बताएकि हुन् ।
महिला हिंसा न्युनिकरण गर्न सबै भन्दा पहिला त आ आफ्नो घर भित्र महिला माथि हुने बिभिन्न प्रकारका हिंसाहरुको अन्त्य हुनुपर्ने उनको भनाई रहेको छ । उनले अहिले पनि धेरै जसो महिलाहरु आफ्नो घरपरिवारवाटै पिडा भोगिरहेकाले यस्ता खालका पिडाहरुको बिरुद्ध अब महिलाहरुले आबाज उठाउनुपर्ने बताइन् ।
'अहिले पनि धेरै जसो महिला दिदिबहिनीहरु आफ्नो श्रीमानवाट पिडित छन् आफ्ना सासु ससुरावाट पिडित छन् , तर केहि बोल्न सक्दैनन' उनले भनिन् - 'मेरो समाजले के भन्ला मेरा गाँउलेहरुले के भन्नाल भनेर चिन्ता मानेर पिडा सहनु जिवनभरिका लागि पिडित भएर बस्नु हो , त्यसैले अब यसका बिरुद्धमा बोल्नुस् ।' उनले घरपरिवार गाउँ समाजका डरले आफ्ना पिडाहरुलाई लुकाएर राख्दा महिलाहरु झन झन पिडित भैरहेकाले त्यसको बिरुद्धमा महिलाहरुले आबाज उठाउन जरुरी रहेको बताइन् ।
उनले आफ्नो घरपरिवार सम्भ र भब्य तथा हिंसामुक्त भएका भोलीको आउने पिडिले पनि त्यहि कुरा सिक्ने बताइन् । उनले अन्य क्षेत्रको महिला भन्दा ओलानी क्षेत्रका महिलाहरु बिभिन्न किसिमले पिडित रहेकाले यस तर्फ आफ्नो र प्रदेश सरकारको ध्यान गएको बताइन् । पछिल्लो समय जु्वातास , मदिरा तथा लागुपदार्थ सेवन लगाएतले हिंसाका घटनाहरु बढिरहेकाले केन्द्र सरकारवाट यसमा कडाइ गर्नुपर्ने उनको भनाइ थियो ।
यसका लागि आफुले प्रदेश सरकारमा पनि कुरा राख्ने उनले बताइन् । सुदुरपश्चिम सामाजिक विकास मञ्चका अध्यक्ष सुमन नेपालीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रदेश सांसद चौधरी प्रमुख अतिथी रहनुभएको थियो । महिला हिंसा न्युनिकरण गर्न के के उपाय अपनायन सकिन्छ भन्ने जनचेतना सहित महिलाहरुको क्षमता बिकासका लागि आयोजना गरिएको कार्यक्रमका संयोजक सुरेश कौशलले जानकारी दिए ।
उक्त कार्यक्रममा मुख्य न्यायधिवक्ताको कार्यालय कैलालीका शाखा अधिकृत शेर ब. परियारले प्रशिक्षण दिएका थिए । सुदुरपश्चिम सामाजिक विकास मञ्चका कार्यक्रमको संचालन सचिब श्याम नेपालीले गरेका थिए ।