अत्तरिया - सोमबार देखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाइदै आएको छ । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो ।
यता कैलालीको गोदावरी नगरपालिकाले पनि सोमबार देखी अभियानको सुरुवात गरेको छ । ’समानताको पुस्ता बलात्कारविरुद्ध ऐक्यबद्धता’ भन्ने मुल नाराका साथ अत्तरिया स्थित पतंञ्जली योगा हलमा एक भब्य समारोहका बिच १६ ओटा मैनबत्ती बालेर अभियानको सुरुवात गरेको हो ।
गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतको सभापतित्वमा सुरु भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेशकी उप सभामुख निर्माला जोशी बडाल प्रमुख अतिथी रहनुभएको थियो । यस्तै कार्यक्रममा सुदुरपश्चिम प्रदेश सासंद चुन कुमारी चौधरी बिशिष्ट अथिति अतिथी रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी उप सभामुख निर्माला जोशी बडालले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानले केहि हद सम्म भएपनि महिला माथि हुदै आएको हिंसा कम हुदै जानेमा बिश्वास ब्यक्त गरिन् । उनले अझै पनि समाजमा छाउपडी प्रथा , दाइजो प्रथा, बोक्सीको आरोप लगाएतका कारणले महिला र बालबालिका माथि हिंसाहरु हुदै आएकाले यसलाई जरैदेखी उखेलेर फाल्न सबै महिलाहरुमा एकता हुन जरुरी रहेको बताइन् ।
कार्यक्रममा बोल्ने अधिकंश वक्ताहरुले लिंगका आधारमा हुदै आएको बिभिन्न खाले हिंसाहरु न्युनिकरण गर्न बर्षमा १६ दिन मात्रै नभएर हरेक महिनाको १६ दिन नै बिभिन्न खाले जनचेतना र सचेतनामुलक कार्यक्रमहरु गर्दै जानुपर्ने बताएका छन् ।
कार्यक्रममा नेकपाका गोदावरी नगर कमिटि अध्यक्ष गोकर्ण भट्ट , नेपाली काँग्रेसका नगर सचिव तेज बहादुर खड्का , १२ वटै वडाका वडाअध्यक्षहरु र बिभिन्न सरसंस्थाका पदाअधिकारी सहित महिलाहरुको बाक्लो उपश्तिथी रहेको थियो । गोदावरी नगरपालिकाकी महिला शाखा अधिकृत गोदावरी खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गोमा ढकालले गरेकी थिइन् । यो अभियान २४ गते सम्म चल्नेछ ।