अत्तरिया - कैलालीको अत्तरियामा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको नगर कमिटि गठन गरिएको छ । मर्यादित कामको लागि जिफन्ट अभियान अन्र्तगत सोमबार अत्तरियामा सम्पन्न राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको एक कार्यक्रमका बिच सुनन्दा पाण्डे अध्यक्षतामा ९ सदस्यि गोदावरी नगर कमिटि गठन गरिएको हो ।
जसको उपाध्यक्षमा राधिका पुजारा , सचिबमा तुल्सी बोहरा , कोषाध्यक्षमा कृष्णा चौधरी सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा दुर्गा साउँद , माया चौधरी, मनमति महरा , रविना बि.क र भावना पनेरु सर्वसम्मत चयन भएका छन् ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी सुदुरपश्चिम प्रदेश अध्यक्ष शोभा थापा राबलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ जिफन्टका सुदुरपश्चिम प्रदेश अध्यक्ष देव ब.बम रहनुभएको थियो ।
यस्तै कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ जिफन्टका प्रदेश सचिब जित ब. मल्ल , नेपाल ट्रेड युनियन महासंघ जिफन्टका प्रदेश सचिवालय सदस्य तथा गोदावरी नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णराज जोशी , नेपाल ट्रेड युनियन महासंघ युवा केन्द्रिय सदस्य डम्बर दियाकोटी र बिबिसी ट्रेनिड सेन्टर प्रबन्धक तथा राष्ट्रिय सौन्दर्यकर्मी युनियनका प्रदेश सल्लाहकार झुम प्रशाद अधिकारी अतिथी रहनुभएको थियो । नव निर्वाचित पदाधिकारीहरुलाई प्रदेश अध्यक्ष शोभा थापा राबले सपथ खुवाउनु भएको थियो ।
राष्ट्रिय सौन्दर्यकर्मि युनियनकी प्रदेश कोषाध्यक्ष गिता पौडयालको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रम संचालन सहसचिव कमला गुरूङले गरेकी थिइन् ।