कैलालीको अत्तरिया स्थित लोटस आई स्कुलको आयोजनामा “One Day Workshop on Art of Good Parenting” अर्थात् सफल अभिभावकत्व, शिक्षा र संस्कार विषयक एकदिने कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यशालामा अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन पक्षको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा Motivational Speaker क्षेत्र प्रकाश अधिकारीले सहभागी अभिभावकहरूलाई बालबालिकाको शिक्षा, संस्कार र जीवनोपयोगी सीपका विषयमा महत्वपूर्ण ज्ञान प्रदान गरेका थिए।
कार्यशालामा बालबालिकाको सर्वाङ्गीण विकास, घरमै दिने शिक्षा, नैतिक संस्कार, अनुशासन तथा सकारात्मक अभिभावकत्वका विषयमा विशेषज्ञहरूले प्रशिक्षण दिएका थिए।
कार्यक्रममा बालबालिकाको भविष्य निर्माणमा अभिभावकको भूमिका सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्दै माया, अनुशासन र सही मार्गदर्शन सँगसँगै जानुपर्ने कुरामा जोड दिइएको थियो।
त्यसैगरी मोबाइल तथा डिजिटल लत, बालबालिकामा देखिने व्यवहारिक समस्या र त्यसका समाधानका उपायहरूबारे पनि विस्तृत छलफल गरिएको थियो।
विद्यालयका संस्थापक गिरिराज कडायतले यस्ता कार्यक्रमहरूले अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ बलियो बनाउने र विद्यार्थीको शैक्षिक तथा नैतिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
कार्यशालामा सहभागी अभिभावकहरूले कार्यक्रम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर हुनुपर्ने आवश्यकता औंल्याएका छन्।