कैलालीको गोदावरी मोबाइल ब्यबसायी संघ को प्रथम साधारण सभा सम्पन्न भएको छ ।
शनिबार संस्थाका अध्यक्ष गंगा प्रसाद निरौला को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाकि उपप्रमुख शारदा देबी रोकाया रहनु भएको थियो ।
संस्थाका सचिब सोम प्रसाद सापकोटाले आर्थिक प्रतिबेदन पेश गरेका थिए भने संस्थाका महासचिव रमेश कडेलले गरेका थिए । गोदावरीमा मोबाइल ब्यबसायी संघमा आबद्द ६१ पसल छन् ।
नयाँ नेतृत्व चयन
प्रथम साधारण सभाले गंगा प्रसाद निरौलालाई पुनः अध्यक्षमा चयन गरेको छ ।
१३ सदस्यीय नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा रमेश कडेँल, उपाध्यक्षमा प्रकाश कुँवर, महासचिवमा सोमप्रसाद सापकोटा, सचिवमा भक्त बहादुर बोहरा र कोषाध्यक्षमा प्रताप बम चयन भएका छन्।
सदस्यहरूमा ललीत सार्की, लाल बहादुर चौधरी, चन्द्र प्रसाद जोशी, देव सिँ बि.क, भुपेन्द्र कुँवर, दिपक मल्ल र डिल्लीराज कडेँल रहेका छन्।
यस्तै समितिको सल्लाहकार समितिमा गणेश बहादुर बोगटी र प्रेम बम चयन भएका छन्।