“प्रत्येक व्यक्ति खुसी र मुस्कानको हकदार” भन्ने मूल मन्त्रका साथ क्रियाशील नाफारहित संस्था हेल्प फर हेप्पिनेस (HFH) सुदूरपश्चिमले सामाजिक सेवाका विविध कार्यक्रमहरू गर्दै आफ्नो १०औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ।
धनगढीस्थित आमाको माया छात्रवास मा आयोजित कार्यक्रममा आश्रित विद्यार्थीलाई खाद्यान्न, शैक्षिक सामग्री वितरण र सचेतनामूलक कार्यक्रम गरिएको थियो। यस वर्षबाट केक काट्ने परम्पराको सट्टा फ्रुट सलाद सेवन गर्दै खुसी बाँड्ने नयाँ परम्परा सुरु गरिएको संयोजक घनश्याम भण्डारीले जानकारी दिए।
एक दशकमा प्रमुख योगदान :
२१२ पिन्ट रक्तदान र व्यवस्थापन, १३८ बिरामीलाई राहत
सडक सुरक्षा अभियान – रेडियम स्टिकर, ट्राफिक सचेतना
वेवारिसे तथा घाइते पशुको उद्धार
विपन्न बिरामीलाई औषधि उपचार सहयोग
निःशुल्क वा न्यून शुल्क एम्बुलेन्स सेवा
छात्रवृत्ति कार्यक्रम र “ज्ञान वाडौं, ज्ञान बढाऔं” अभियान
मानसिक स्वास्थ्य परामर्श, अनुसन्धान, संस्कृति संरक्षण
वृक्षारोपण, कपडा बैंक, बालबालिकाको उद्धार जस्ता काम
सम्मान र अवार्ड:
वार्षिकोत्सवमा समाजसेवामा योगदान पु¥याउने सदस्य र व्यक्तित्वलाई ‘HFH अवार्ड’ प्रदान गरिएको थियो।
बिनोद जोशी – सर्वाधिक आपतकालीन रक्तदाता
चन्द्रकान्त अवस्थी – रगत व्यवस्थापनमा योगदान
राधाकृष्ण खडायत – वेवारिसे पशुको निःशुल्क उपचार
पवन पाण्डे – संस्थाको सामाजिक/आर्थिक सबलीकरण
अमर बिष्ट – ४१ जना असहायलाई निःशुल्क सवारी सेवा
त्यस्तै, आमाको माया छात्रवासलाई संस्थागत सम्मान प्रदान गरियो।
संयोजक भण्डारीले संस्थाको १० वर्षे यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गर्ने प्रतिबद्धता जनाए।