कैलाली प्रहरीले ठूलो परिमाणमा अवैध भन्सारी सामान बरामद गरेको छ।
प्रहरीका अनुसार २०८२ असोज १ गते विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली र प्रदेश प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–४ स्थित परसिया चोकबाट भन्सार छली ल्याइएका विभिन्न सामान नियन्त्रणमा लिएको हो। बरामद सामानको अनुमानित मूल्य ५६ लाख ३४ हजार ६०१ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएका सामग्रीमा ११२ थान एयरबड, १५ हजार थान एयरफोन, ४० थान स्मार्टवाच, ६० थान पावरबैंक, २५५ थान पेनड्राइभ, १८ थान टेबल फ्यान, २ थान अपल वाच, २० थान अपल ब्लेण्डर, ६२ थान कुर्ता, १९ थान टिसर्ट, ५८ थान दौरा–सुरुवाल, ६ थान जुत्ता, २ थान पाइन्ट, ९ थान महिलाको टोप, ३२ थान हेडस्कार्फ लगायत रहेका छन्।
प्रहरीले बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाइसकेको जनाएको छ।