कैलालीको चुरे गाउँपालिकाका विभिन्न विद्यालयहरूमा छाउपडी प्रथा विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन् ।
सामाजिक कुरीति हटाउने उद्देश्यले आयोजित उक्त कार्यक्रम चुरे गाउँपालिका वडा नं. ६ स्थित शानिनगरको जनता मावि, वडा नं. ३ को भानु मावि चित्रपुर, र वडा नं. ५ को शुक्र मावि खानिडाँडामा आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि चुरे गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक धना देवी थापा रहेकी थिइन् । विशेष अतिथिका रूपमा वडा अध्यक्ष खगेन्द्र खडायत, इलाका प्रहरी कार्यालय फल्टुडेका कार्यालय प्रमुख दीपक बिष्ट, चुरे युवा क्लबका अध्यक्ष तथा भगवती माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशनाथ योगी रहेका थिए ।
कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रमकाे सञ्चालक प्रेस सल्लाहकार नरेशनाथ योगीले गरेका थिए ।
कार्यक्रममा छाउपडी प्रथा जस्तो हानिकारक सामाजिक परम्पराको अन्त्यका लागि सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने सन्देश दिइएको थियो । उक्त कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने र युवापुस्तालाई सचेत गराउने अपेक्षा गरिएको छ ।