कैलालीको अत्तरिया उद्योग वाणिज्य संघ ले साधारण सदस्यहरूको सदस्यता नविकरण र नयाँ सदस्यताको लागि आह्वान गरेको छ।
संघले एक सार्वजनिक सूचना जारी गर्दै आगामी २०८२ साउन ५ गते भित्र सम्पूर्ण पुराना सदस्यहरूलाई सदस्यता नविकरण गर्न र नयाँ सदस्यता इच्छुक व्यवसायीहरूलाई आवश्यक कागजातसहित आवेदन दिन अनुरोध गरेको छ।
संघका अध्यक्ष कल्याण सिंह बोहराले गोदावरी न्युजलाई उपलब्ध गराएको सुचनामा व्यवसायीहरूलाई औपचारिक रूपमा संघसँग आबद्ध गराउने उदेश्यले नविकरण र नयाँ सदस्यताको लागि आह्वान गरेको उल्लेख्य छ ।
संघले नयाँ सदस्यताका लागि निम्न कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाएको छ:
नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
पासपोर्ट साइजको फोटो – ३ प्रति
प्यान (PAN) प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
व्यवसाय/व्यापार इजाजतपत्रको प्रतिलिपि – १ प्रति
कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
नयाँ सदस्यता शुल्क रु. १६००/-
वार्षिक नविकरण शुल्क रु. ५००/-
संघले तोकिएको मिति पछि आउने आवेदनहरूलाई मान्यता नदिइने स्पष्ट पारेको छ।
यो संगै संघले अधिबेशनको तयारी पनि थालेको छ । छिट्टै ब्यबसायीहरुको भेला बोलाएर अधिबेशनको तयारी बारे जानकारी गराउने संघको तयारी छ ।
बिगत लामो समय देखि संघ पदाधिकारी र सदस्य बिहिन रहेको छ । अघिल्लो बर्ष अत्तरिया महोत्सवमा नक्कली ठेली प्रकरण पछि संघ विवादमा फस्दै आएको छ ।