कैलालीको गोदावरी नगरपालिकाको १५ औँ अधिबेशन असर ६ गते वडा नम्बर -२तेघरी स्थित निजि पार्टी प्यालेसमा उदघाटन भएर केही दिनको लागि स्थगित भएको छ ।
शुरुमा अधिबेशन स्थल नमस्ते पार्टी प्यालेस तोकिएको थियो। नगरपालिकाका कर्मचारी आफैं गएर नमस्तेमा फिक्स गरेका थिय । त्यो पनि जेठ २८-२९ को आसपासमा ।
तर अधिबेशन शुरु हुनु एक दिन अगाडि स्थान परिबर्तनको सुचना सबै जनप्रतिनिधि र आमन्त्रित अतिथिहरुमा पुगेको थियो। त्यो पनि गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्ट को ठाडो निर्देशनमा ।
होटेल बन्दोबस्त गर्न खटिएका मेयर निकट एक कर्मचारीले नमस्ते होटेलको ब्यबस्थापन पक्षलाई मेयर को कारण ठाँउ सार्नु परेको दुखेसो समेत सुनाएका थिए। अहिले ठाउँ सार्नु परेको सबै दोष मेयरलाई नै दैनिक जसोकर्मचारीहरु दिने गरेका छन् त्य्यो पनि नमस्ते होटेलमै पुगेर ।
नमस्ते होटेलका संचालक लक्ष्मण धामीले शुरुमा यहि अधिबेशन गर्ने कुरो आएको तर पछि अर्को ठाँउ गर्ने निर्णय एक्कासि आफुले सुनेको बताए ।
उनले भने - "नगरपालिकाको प्रायः कार्यक्रम हाम्रो होटेलमा हुँदैनन् , हाम्रो होटेलमा अन्य धेरै संघ संस्थाका कार्यक्रमले नै ब्य्स्त हुन्छ । हाम्रो त्यो बिषयमा सोच्ने फुर्सद नै छैन । अहिलेको जनप्रतिनिधि आएपछि खासै हाम्रोमा प्रोग्राम आएको पनि छैन । "
नगरपालिकाले अधिबेशनको लागि हल निशुल्क उपलब्ध गराएको भन्दै तेघरीमा रहेको पार्टनर प्यालेसलाई सम्मान समेत गरेको छ । उक्त होटेलले हल निशुल्क दिएको भएपनि अधिबेशन उदघाट्न दिन साँझको खानपिनको बिल भने राम्रै उठेको स्रोतको दाबी छ ।
प्रायः होटेलहरुले ठुलो कार्यक्रम गर्दा हल निशुल्क वा सहुलियत दरमा दिने प्रचलन नै छ ।