कैलालीको मालाखेती अस्पतालमा “हाम्रो गोदावरी, हाम्रो अभियान” समूहद्वारा हस्तान्तरण गरिएका स्वास्थ्य उपकरणहरूको लागत सार्वजनिक गरिएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा समूहका सदस्य प्रमोद अधिकारीले उपकरणहरूको विवरण सार्वजनिक गर्दै हालसम्म २२ लाख रुपैयाँभन्दा बढी मूल्यका सामग्री अस्पताललाई हस्तान्तरण गरिएको जानकारी दिए।
उक्त हस्तान्तरणमा समावेश सामग्रीहरूमा अक्सिजन पाइपलाइन विस्तार, ओटी टेबल, लकर, स्ट्यान्ड, सक्सन मेसिन, प्लेन बेड, गद्दा, ड्रेसिङ ड्रम, ओटी लाइट, एक्स-रे भ्यू बक्स, क्युटरी मेसिन, मल्टिप्यारा मनिटर, ईसीजी मेसिन, क्र्यास कार्ट ट्रली, अक्सिजन रेगुलेटर, तामाको पाइप, र अक्सिजन आउटलेटजस्ता अत्यावश्यक उपकरणहरू रहेका छन्।
समूहले कोरोना महामारीको समयदेखि स्थानीय तहमा आर्थिक सहयोग संकलन गर्दै आएका थिए, जसको परिणामस्वरूप यो महत्वपूर्ण स्वास्थ्य सामाग्रीको हस्तान्तरण सम्भव भएको उनिहरुले बताएका छन् ।