बीजी इन्फोटेक्सले आजदेखि काठमाडौंमा शाखा बिस्तार गरेको छ । संस्थाले पुजाआजा गरेर शाखाको संचालन गरेको हो।
बीजी इन्फोटेक्सले वेब विकास, ग्राफिक्स डिजाइन, डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल व्यवस्थापन, सफ्टवेयर सेवा र प्राविधिक सीपमूलक तालिमहरू प्रदान गर्दै आएको छ। अब यी सेवाहरू काठमाडौं र धनगढीमा पनि उपलब्ध हुनेछन्।
संस्थाका निर्देशक सन्देश बोगटीले युवाहरूलाई विदेश जानु नपरोस् भन्ने उद्देश्यका साथ शाखा विस्तार गरिएको बताए ।
“हामी चाहन्छौं कि नेपाली युवाहरूले आफ्नै देशमा उच्चस्तरीय आइटी सीप हासिल गरून् र आफै रोजगारी सृजना गरुन्," उनले भने ।
धनगढी शाखामा पनि आइटी सम्बन्धि सम्पुर्ण प्रयोगात्मक कक्षाहरु भैरहेको संस्थाले जनाएको छ । साथै, फेसबुक, इन्स्टाग्राम र युट्युबजस्ता सामाजिक सञ्जालको प्रयोग सम्बन्धि पनि तालीमहरु संस्थाले दिने गरेको छ ।
बीजी इन्फोटेक्सबाट वेब डिजाइन तथा विकास, ग्राफिक्स डिजाइन, डिजिटल मार्केटिङ, सोशल मिडिया ह्यान्डलिङ (पेज म्यानेजमेन्ट, कन्टेन्ट सिर्जना, पोस्ट बुस्ट तालिम), सफ्टवेयर सेवा र आइटीतालिम बेसिकदेखि एडभान्स स्तर सम्मको कार्यहरू हुँदै आएका छन् ।