अत्तरिया - सुदुरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयले अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई सहयोग गरेको छ । मन्त्रालयले अन्तराष्ट्रिय बाल दिवसको अबसर पारेर गोदावरी नगरपालिका २ मा रहेको अनाथ तथा असहाय बालबालिकाहरुलाई पालनपोषण गर्दै आइ रहेको महिला तथा बालबालिका सेभ हाउसलाई खाध्यन्न , लुगाकपडा र शैक्षिक सामाग्रीहरु सहयोग गरेको छ ।
सेभ हाउसकी अध्यक्ष जानकी मलासीको सभापतित्वमा आज आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथी सामाजिक बिकासमन्त्री कृष्णराज सुबेदी सबै बालबालिकाहरुका लागि न्यानो लुगा , चामल , दाल, पिठो ,तेल लगाएतका खाध्यन्न सामाग्री र शैक्षिक सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो । सामाग्री हस्तान्तरण पछि बोल्दै सामाजिक विकासमन्त्री सुबेदीले सुदुरपश्चिम प्रदेशभरि रहेका कुनै पनि बालबालिकाहरु भोको नहुन ,सबैले स्वास्थ्य , शिक्षा , लुगाफाटो लगाएतका आधारभुत आवश्यकता पाउन भन्न प्रदेश सरकारको चाहाना रहेको बताए ।
उनले अहिले आमा बुवा घरपरिवार नभएर बेसाहारा बनेका स साना बालबालिकाहरुको लागि बिभिन्न ठाउँमा अथान आश्रमहरु पनि खुल्ने क्रमहरु बढेकाले यसमा प्रदेश सरकारको पुर्ण साथ र सहयोग रहने बताए । उनले अन्तराष्ट्रिय बाल दिवसको अबसर पारी मन्त्रालयवाट केहि बजेट छुट्याएर कैलाली र कञ्चनपुरमा रहेका बिभिन्न अनाथ आश्रमहरुमा सहयोग गर्ने निर्णय भएअनुसार अत्तरियाको सेभ हाउसमा सो सामाग्रीहरु बितरण गरिएको बताए । उनले आफु यसै क्षेत्रवाट निर्वाचित भएकाले यँहाको समग्र बिकासका लागि आफु निरन्तर लागि रहेको बताए ।
उनले मन्त्रालयको ५० प्रतिशत बजेट बालबालिकाका लागि भनेर छुट्याएको बताए । 'अहिले अनाथ तथा असहायका लागि धेरै आश्रमहरु खोलेर केहि ब्यक्तिले राम्रो उधारणिय काम गरिरहेका छन्' मन्त्री सुबेदीले भने -'यसका लागि हामीले उध्ेश्य ठुलो बनाउनुपर्छ , आफ्नो आत्माबल गिराउने खालका सोचहरु राख्नुहुदैन , जब त्यस्ता नकारात्मक सोचहरु त्यगिन्छ तब मात्र सम्मृद्ध र समुन्नत समाज निर्माण हुन्छ ।'

अहिले अत्तरियाको सेभ हाउस भाडाको घरमा संचालन भएकोमा सेभ हाउसले कहि कतै जग्गाको खोजी गरेमा भवन बनाउनका लागि मन्त्रालयवाट आफुले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै सेभ हाउसकी संचालिका जानकी मलासीले आफुले थुप्रै दुख कष्ट गरेर सेभ हाउसमा रहेका महिला तथा बालबालिकाहरुको संरक्षण गरिरहेको बताइन् ।
उनले २०७३ सालमा २ जना अथान बालबालिकावाट सुरु गरेको सेभ हाउसमा अहिले ३० जना बालबालिका र २ जना महिला रहेको बताइन् । खानाको लागि आफ्नो घरवाट दाल चामल ल्याएपनि आफ्नो घर भएपछि भाडाको घरमा संचालन गर्दा निकै समस्या भैरहेको उनले गुनासो पोखिन् ।
उनले बिभिन्न ब्यक्तिको सानो सानो सहयोगवाट संचालन हुदै आएको सेभ हाउसलाई सरकारको तर्फवाट सुरुमा गोदावरी २ को कार्यालयले सहयोग गरेको बताइन् । त्यसपछि ३ नं वडा कार्यालय , नगरपालिका र प्रदेशको सामाजिक बिकास मन्त्रालयले सहयोग गर्दै आएको बताइन् ।
आफुजस्तो चुनौतीको पनि सामाना गर्न तयार रहेको बताउदै अध्यक्ष मलासीले यसका लागि नगरपालिकासंगै प्रदेशको सामाजिक बिकास मन्त्रालयले आफुलाई निरन्तर सहयोग गर्नेछ भन्नेमा आफु बिश्वस्त रहेको बताइन् । सेभ हाउसकी उपाध्यक्ष सकुन्तला सोपको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन महिला विकास अधिकृत कमला शाहीले गर्नुभएको थियो ।
कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका कर्मचारीहरु , सामाजिक विकास मन्त्रीका स्वकिय सचिब लोकेन्द्र धामी , गोदावरी नगरपालिका कार्यापालिका सदस्या ईश्वरा आचार्य लगाएत बिभिन्न संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।