प्रतिभा सामुदायिक पुस्तकालय, अत्तरिया तथा नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति, कैलालीको संयुक्त आयोजनामा सञ्चालित १५ दिने “आधारभूत कर्मकाण्ड प्रशिक्षण” कार्यक्रम आज एक समारोहबीच सम्पन्न भएको छ।
कार्यक्रमको समापन तथा प्रमाण-पत्र वितरण समारोहमा प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय प्रकाश बमको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि बमले यस्ता प्रशिक्षण कार्यक्रमहरूले संस्कृतिको संरक्षण तथा सामाजिक चेतनाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
प्रशिक्षणमा कैलाली जिल्लाका विभिन्न स्थानबाट आएका सहभागीहरूले वेदपारायण, संध्या वन्दन, पूजाविधि, होम यज्ञ, श्राद्धकर्म लगायतका विभिन्न कर्मकाण्ड सम्बन्धी आधारभूत ज्ञान प्राप्त गरेका थिए।
कार्यक्रममा गोदावरी -४ का वडा अध्यक्ष हेमप्रकाश मल्ल , प्रतिभा पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी, आयोजक संस्थाका पदाधिकारीहरू, प्रशिक्षणका प्रशिक्षकहरू तथा सहभागीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागिता जनाएका सबै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।