सुदुरपश्चिमान्चल यातायात मजदुर भलाई कोष समिति को ३६ औं स्थापना दिबस बिबिध कार्यक्रम गरी मनाइएको छ । संस्थाका अध्यक्ष मुरलीधर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम यातायातका अध्यक्ष पदम राज सापकोटा रहनु भएको थियो ।
कार्यक्रममा बिशिस्ट अतिथि रेडक्रस कैलालीका सभापति लोकराज जोशी रहनु भएको थियो । कार्यक्रममा विभिन्न यातायात समितिका प्रमुख एबम प्रतिनिधि , विभिन्न संस्थाका प्रतिनिधिहरु को सहभागीता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रशासन उपाध्यक्ष गणेश शाहीले गरेका थिए।
सोही अबसरमा ८ जना उत्कृष्ट चालकलाई सम्मान गरिएको थियो। स्थापना दिबसको अबसर पारेर संस्थाको कार्यालमा रक्तदान समेत आयोजना गरिएको थियो। उक्त रक्तदान कार्यक्रममा ३६ पृन्ट रगत संकलन भएको संस्थाका कार्यालय प्रमुख गणेश उपाध्यायले बताए।

कार्कीको सालिक अनावरण, को हुन कार्की ?
संस्थाको स्थापना दिबसको अबसर पारेर उक्त संस्था का संस्थापक अध्यक्ष स्व भक्त बहादुर कार्की को सालिक अनावरण गरिएको छ । संस्थाको कार्यालय परिसरमा कार्कीको शालिक राखिएको छ।
कास्की जिल्लाको पोखरा महानगरपालीका वडा न.१० काजी पोखरीमा वुवा नारायण प्र. कार्की र आमा राधिका कार्की को कोखबाट वि.स.१९९८ वैशाख ६ गतेमा दिन जन्मिएका स्व. भक्त व. कार्की पोखरा बाट २०३४ सालमा कैलाली को धनगढीमा बसाई सरी आएका थिए।

उनले अनौपचारीक रुपमा यातायात क्षेत्रमा ड्राइभर भलाई कोष नामले काम गर्दै आएका थिए भने २०४६ सु.प. यातायात मजदुर भलाई कोष समिती नामको संस्था नामाकरण गरे। लगत्तै २०४६ साल वैशाख ९ गते विधिवत रुपमा जिल्ला प्रशासन कार्यालयमा उक्त संस्था नै दर्ता गरे। उनको २०७२ साल माघ १ गतेका दिन निधन भयो। उक्त दिनलाई सम्झेर संस्थाले स्थापना दिबस मनाउदै आएको छ।