ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीका डिएसपी गंगा बहादुर थापाको कार्याकाल सकिन लागेको थियो । केही दिन मै डिएसपीहरुको सरुवा सम्भत: निस्क्ने तयारी पनि छ। उनको कार्याकाल उनकै भाषामा यो क्षेत्र प्रायः शान्त नै थियो तर कार्यकाल सकिने बेला गत चैत्र २७ गते बिहानै अत्तरिया चोक नजिकै रहेको मन्दिरमा एक ३५ बर्षिया पुरुषको शब फेला परेपछि उनले अलि असहज महशुस गरे ।
त्यो दिन गोदावरी न्युजका प्रतिनिधि संग डिएसपी थापाले घटनास्थलमा भनेका थिए,' मेरो त कार्याकाल सकिने बेला यस्तो घटना भयो , कार्यकाल अबधि भर यो क्षेत्र शान्त नै थियो , हेरम अब यो घटनाको अनुसन्धान मा जुट्दै छौ ।' उनका लागि त्यो शब पत्ता लाउने पहिलो चुनौती थियो । किनकि शबको अनुहार नचिनिने गरि दुर्गा मन्दिर परिसरमा फालिएको थियो ।
डिएसपी थापाले प्रहरीको नियमित प्रक्रिया अनुसार शब कसको हो भन्ने पत्ता लगाउन प्रचारात्मक कार्य गरे। केही दिनमा शब फेला पर्यो । शब डडेलधुराको अमरगढी तिलाडीका ३५ बर्षिया जगदीश कैनीको हो भन्ने पत्ता लाग्यो। उनको परिवार पनि सम्पर्कमा आयो अनि परिवारले शब पनि बुझ्यो। कैनी अत्तरिया मै सडकपेटीमा बस्ने गरेको प्रहरीको अनुसन्धानले पनि देखायो । उनी सुत्न भने जहाँ हत्या गरियो पुर्ब रोड दुर्गा मन्दिर त्यही रात बिताउने गर्दथे ।
त्यसपछि को चुनौती प्रहरीलाई हत्या गर्ने अभियुक्त पत्ता लगाउनु पर्ने थियो । त्यसपछि डिएसपी थापा आफैले कमान्ड सम्हालेर घटनाको अनुसन्धान शुरु गरे त्यसमा प्रदेश प्रहरी कार्यालय , संघीय प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलाली र इप्रका मालाखेती कैअनुसन्धान टिम पनि सहभागी भयो ।
अनुसन्धानको शुरूवात दुर्गामन्दिर नजिकै रहेको प्रतिभा पुस्तकालयको सिसी क्यामेराबाट भयो । उक्त ठाउँमा जडान भएको ब्याक साइडको क्यामेराले प्रहरीले केही क्लु दियो । त्यसपछि प्रहरीको अनुसन्धान टिमले त्यही क्लु फिछा गर्दै अनुसन्धान अगाडि बढायो । त्यसपछि अर्को क्यामेरा ईलाका प्रहरीमा जडान भएको छ जसले मन्दिर अगाडिको भाग तिरको गतिविधिलाई कैद गरेको देखाएपछि प्रहरीलाई अलि सहज भएको प्रहरीको भनाई रहेको छ ।
प्रहरीले बुधबार उक्त घटनाका अभियुक्त बैतडी घर भएका पुर्ब शसस्त्र प्रहरी हेमन्त बोहरालाई अत्तरियाबाट नै पक्राउ गरेको थियो । त्यसपछि राती २ बजे सम्म उनलाई डिएसपी थापा आफैले सोधपुछ गर्दा अभियुक्तले सबै कुराको बेली बिस्तार लगाएका थिए । जुन घटनाको सबै प्रकृति संग मेल खाएको थियो । त्यसपछि बिहिवार ईलाका प्रहरी कार्यालय मालाखेतीमा पत्रकार सम्मेलन गरेर अभियुक्तलाई समेत सार्बजनिक गरेर घटनाको विवरण डिएसपी थापाले सुनाएका थिए ।
डिएसपी थापाले पनि यो घटनामा दोषी पत्ता लाउने कुरा जटिल भएपनि अनुसन्धान अलि मसिनो गरि गर्दा एक हप्ता मै सफल भएको बताए । उनले भने,' म लगाएत हाम्रो सबै अनुसन्धान टिम खटिएकै थियो । पहिलो त मृतकको पहिचान गर्ने कुरो नै जटिल थियो । उनी मन्दिरमा कहाँबाट कसरी छिरे को हुन् भन्ने नै गार्हो थियो । तरपछी अनुसन्धानको क्रममा ती सबै कुरा पत्ता लाग्दै गयो उनको पनि पहिचान भयो । त्यसपछी सिसी क्यामेराहरु हाम्रो यहाँ जडान भएका र बजारका अन्य क्यामेराले पनि काम गरेको देखिन्छ । तर हामी अनुसन्धान मै रहेको बेला थरीथरीका कुराहरु मिडियामा आउँदा अलि कन्फुयुज जस्तो भएको होला तर सत्य त्यो नभएको हाम्रो अनुसन्धानले देखायो। अब ठिक छ थप अनुसन्धान गर्दै छौं। समातिएकाहरुको बारेमा नि सोधपुछ हुँदैछ ।'
डिएसपी थापाले यहाँको कमान्ड सम्हालेपछी होटेलमा हुने अनैतिक क्रियाकलाप , लागू औषध माथिको निगरानी र भन्सार छलीका सामान माथी काडाई गर्दै आएका छन् ।