कैलालीको अत्तरियामा चैत २७ गते बिहान युवक हत्या प्रकरणको बारेमा प्रहरीले घटनाको विवरण सार्बजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीले पत्रकार सम्मेलन गरेर घटनाको बारेमा जानकारी दिएको हो ।
घटनाका मुख्य अभियुक्त बैतडी डिलाशैनीका हेमन्त बोहरा रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी गंगा बहादुर थापाले आफैंले कमान्ड सम्हालेर सुझ्बुझ तवरले अनुसन्धान गर्दा अभियुक्त पक्राउ परेको बताए ।
प्रहरीका अनुसार हत्याका मुख्य योजनाकार बोहरा पुर्ब शसस्त्र प्रहरी हुन् । उनले अत्तरियाका केही होटेलमा काम समेत गरेका हुन् । मृतक ३५ बर्षिया जगदीश कैनी डडेलधुराको अमरगढी नगरपालिका तिलाडी घर भएका ब्यक्ति हुन् । उनको परिवार प्रहरीको सम्पर्कमा आएपछि कैनीको पहिचान खुलाउन सहज भएको डिएसपी थापाले बताए ।
घटनाको विवरण यस्तो छ :
गत चैत २६ गते अपरान्ह तिर अभियुक्त हेमन्त बोहरा अत्तरिया धनगढी रोडमा रहेको बन कार्यालयको पछाडी रहेको एक होटेलमा एक महिला संग बसेर मदिरा सेबन गर्छन् । त्यसपछि त्यहाँ रहेको बनको खाली घरमा केही बेर दुबै जना छलफल गर्छन् । त्यहाँ केही स्थानीय युबाहरु पनि हुन्छन् । तर उनिहरुले खासै वास्ता गर्दैनन् । प्रहरी अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार अलि झिसमिसे साँझ परेपछि महिला मदिराको बोत्तल बोकेर ॐ शान्तिको भवनको पर्खालमा गएर आराम गर्छन् । अनि अभियुक्त बोहरा पनि ती महिला संगै मन्दिर तर्फ जान्छन् ।
प्रतिभा सामुदायिक पुस्तकालयको दक्षिण तर्फ रहेको ॐ शान्तिको गेटबाट बोहरा घटनास्थल दुर्गा मन्दिरमा प्रवेश गर्छन् । उनी मन्दिर पुग्दा मृतक जगदीश कैनी मन्दिरमा सुतिरहेका हुन्छन् । अनि अभियुक्त बोहरा पनि मन्दिर मा निदाउँछन् । राती ९ बजे बोहराको निन्द्रा खुल्छ र उनी बजार निस्किएका हुन्छन् ।
बोहरा अत्तरिया बजार धनगढी रोडमा रहेको गुरुङ म .म सेन्टरमा गएर रहर भन्ने मदिरा खरिद गरेर पुनः मन्दिरमा फर्किएको अनुसन्धानले देखाएको छ । मन्दिरमा आएर पुनः बोहराले मदिरा थप सेबन गर्छन् अनि एक छिनपछि पानी पिउन नजिकैको बोरिङमा गएर फेरि मन्दिरमा आएर निदाउँछन् ।
राती उनको निन्द्रा खुल्छ र खल्तीमा रहेको ४ सय रुपैयाँ हराएको थाहा पाउँछन् । चैत्र ३ गते पनि उनको सोही मन्दिरबाट झोला पनि हराएको प्रहरीको अनुसन्धानले देखाएको छ।
राती निन्द्रा खुलेपछि उनले 'पैसा पनि हरायो मेरो झोला पनि हरायो मेरो मात्रै चोर्ने को रहेछ' भनेर संगै सुतेका मृतक कैनीको टाउकोमा नजिकै रहेको ढुँगा बोकेर हिर्काउँछ्न ।
त्यति हिर्काउँदा पनि कैनी हलचल गर्दैनन् अनि बोहरा कैनीलाई घिसार्दै लगेर नयाँ मन्दिर तिर लगेर पुनः टाउकोमा ढुँगाले हिर्काउँछन् ।
त्यसपछि अनि त्यही नजिकै रहेको बनको खाली घरमा २७ गते बस्छन् । अनि उनले अत्तरियाको बाह्र गाउँ होटेलमा केहि दिन काम गर्छन् । त्यसपछि धनगढीको चौलानी होटेलमा पनि काम गरेको पाइएको छ।
त्यो बीचमा प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरेको थियो। अभियुक्त बोहरा पुनः बैशाख ३ गते शिबिर पछाडि गएर घटना भएको दिन जहाँ बसेर मदिरा सेबन गरेका थिए उहीँ ठाँउमा मदिरा सेबन गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
तो बेला सम्म उनको तस्बिर प्रहरीले त्यो टोलमा पुर्याइसकेको थियो त्यसपछि स्थानीय महिलाले उनी त्यहाँ रहेको प्रहरीलाई जानकारी गराएपछि बुधबार नै प्रहरीले पकाउ गरेको हो । प्रहरीले आज उनलाई सार्बजनिक समेत गरेको छ।