अत्तरिया – कैलालीको गोदावरी नगरपालिका ३ मालाखेतिबाट हराएका ५ बालक ७ दिन वितिसक्दा पनि फेला परेका छैनन् । कार्तिक २६ गते साँझ हराएका ५ बालक ७ दिन बितिसक्दा पनि फेला नपरेपछि आफन्त चिन्तित बनेका छन । हराउने बालकहरुमा गोदावरी नगरपालिका ३ मालाखेती मुक्तीनगर सिविरका १२ बर्षिय समिर चौधरी, १२ बर्षिय डम्मर चौधरी गोदावरी नगरपालिका १० डमौराका १३ बर्षिय जिवन चौधरी, १३ बर्षिय राजु तम्राकार र १४ बर्षिय आयुस तम्राकार रहेको हराएका बालकहरुको आफन्तले बताएका छन ।
हराएका बालक गोदावरी नगरपालीकाको फरक फरक वडाका भएपनि गाउँ भने नजिकै भएकाले पाँचौ जना बालक अधिकान्स समय संगै हुने गरेको समिर चौधरीकी हजुरआमा सिरपटी चौधरीले बताईन । उनले पाँचौ जना एकै दिन एकै समयमा हराएको बताईन ।
उनले गाउँकै मुक्ति आधारभुत विद्यालयमा अद्ययन गर्ने नाती स्कुलबाट साँझ सम्म पनि घर नआए पछि खोजी गर्दा पाँचौ जना बालक हराएको थाहा पाएको बताईन । ‘धरै दिन भयो केहि पत्तो लागेको छैन । गाउँमा किड्नी चोरहरुले पनि बच्चा लग्ने गरेको हल्ला छ । हामी निकै चिन्तीत छै ।’ सिरपटी चोधरीले भनीन् ।
सोही बिद्यालयमा अध्ययन गर्ने डम्मर चौधरीकी आमा शान्ती चौधरीले छोराको खोजीका लागि आफूले चिनेको सबै ठाउँमा खवर गरेको भएपनि कतै पनि फेला नपरेको बताईन । उनले छोरा कतै भागेर गयो भन्नका लागि पनि छोरा संग पैसा पनि नभएको बताईन् ।
जिवन चौधरीकी दिदि विमला चौधरीले ग्वासी उच्च माद्यमिक विद्यालयमा ६ कक्षामा पढ्ने भाई सो दिन विद्यालय नै नगएको बताईन । उनले भनीन् – ‘दिनभरी भाई घरमै थियो साँझ एक्कसी कता गयो थाहै पाएनै । पछि बुझ्दै जाँदा भाई संगै हिड्ने अन्य चार जना पनि हराएको थाहा पायौ ।’
उनले आफूहरुले आफन्त भएको सबै ठाउँमा बुझिसकेको भएपनि कतै फेला नपरेको बताईन । उनले हराईका पाँचौ जनाको बारेमा माईती नेपाल कन्चपुर र ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियामा पनि खबर गरिसकेको बताईन ।
उनले हराएका राजु ताम्राकार र आयुस ताम्राकार भने बिद्यालय नजाने गरेको र उनका आफन्तले खोजी गर्नका लागि पनि चासो नदिएको बताईन ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी ज्ञान बहादुर बिष्टले ३ जना बालकहरु हराएको भन्ने बारेमा २९ गते नै जानकारी आएको भएपनि अन्य २ जनाको बारेमा भने परिवारका आफन्तले जानकारी नदिएको बताए । ‘हराएका ३ जनाको बारेमा परिवारका आफन्तले प्रहरी कार्यालयमा निवेदन दिएकै दिनदेखि खोजी कार्य सुरु गरेका छै । उनीसंगै हराएका भनिएका बाकी २ बालक पहिले पनि भारत आउने जाने गरेको बुझिएको छ ।’ डिएसपी बिष्टले भने –‘घटनाको बारेमा थप बुझ्नका लागि सोमबार पनि प्रहरी हराएका बालकहरुकोे गाउँमा पठाएका छै ।’
उनले प्रहरी फर्केपछि बालक हराएका बारेमा थप जानकारी बाहिर आउने बताए ।