अत्तरिया - कैलालीको अत्तरिया बजार आसपास जडान गरिएका सडक बत्तिहरु रातिको समयमा बल्नै छोडेका छन् । सुदुरपश्चिम प्रदेशको मुख्य प्रवेशद्धार एबम् यस क्षेत्रको मुख्य ब्यापारीक केन्द्र अत्तरिया बजार क्षेत्रभित्र बिजुलीका पोलमा जडान गरिएको सडक बत्तिहरु रातिको समयमा बल्नै छोडेका हुन् ।रातिको बेला बजार क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई सहजता होस र रातिको समयमा हुने चोरीडकैती तथा अनैतिक कृयकलापहरु रोक्नमा मद्दत पुञ्याउने उध्ेश्यकले जडान गरिएका सडकबत्तीहरु बन्द हुदा अहिले रातिको समयमा बजार क्षेत्र अन्धकारमय बन्ने गरेको छ ।
आज भन्दा ६÷७ बर्ष पहिले अत्तरिया उधोग बाणिज्य संघको पहलमा बजार क्षेत्रमा सडक बत्तीहरु जडान गरिएको थियो । नगरपालिका स्थापना हुनुपुर्व अत्तरिया उधोग बणिज्य संघले बजार क्षेत्रको सम्पुर्ण कामहरु गर्दै आएको थियो ।
बजार क्षेत्रको फोहोरमैला ब्यबस्थापन देखी सिसि टिभी क्यामरा र सडकबत्ती जडान सम्मको काम गर्दै आएपनि अहिले यो सबै अधिकार गोदावरी नगरपालिकाले आफुसंग राखेको उधोग बाणिज्य संघ अत्तरियाका कार्यालय प्रमुख गम्भिर साउँदले जानकारी दिए ।
उनले यस सम्बन्धि अहिले उधोग वाणिज्य संघलाई कुनै अधिकार नभएको बताए । प्रदेशको स्थायी राजधानी संग जोडिएको बजार क्षेत्र रातिको समयमा अन्धकारमय हुदा चोरी डकैती , लुटपाट , अनैतिक कृयकलाप जस्ता घटनाहरुको सम्भावना बढ्दो देखिन्छ ।
बजार क्षेत्रको सडक बत्ती लामो समयदेखी बन्द देखिएको अत्तरियामा स्थित महारुद्र फार्मेसीका संचालक नविन भट्टले बताए । उनले आफु केहि अबेर सम्म पसलमा बस्दा आफ्नो अगाडी बिजुलीको पोलमा लगाएको बत्ती बल्न छोडेको बताए । रातिको बेला अत्तरिया स्थित महेन्द्रनगर रोड , पहाड रोड , बस पार्क अगाडी लगाइएको कुनै पनि सडकबत्तीहरु नबलेको गोदावरी न्युज टिमले पाएको छ ।
यति मात्रै होइन हजारौ रकम खर्च गरेर जडान गरिएका सडकबत्तीहरु टुटेर तल झरेका छन् । रातिको समयमा बजार क्षेत्रको शान्ति सुरक्षा लगाएत अन्य संमेबदनशिलतालाई हरेर चाडो बत्तीहरु सुचारु गरिनुपर्ने बजारबासी बताउँदछन् ।
बजार क्षेत्रमा जडान गरिएको सडकबत्तीहरु लामो समयदेखी बन्द हुदा गोदावरी नगरपालिका भने बेखबर रहेको छ । उता गोदावरी नगरपालिकाका प्रवक्ता एबम् वडा नं १ का वडा अध्यक्ष शर्मानन्द भट्टले सुरुमा बजार क्षेत्रमा उधोग बाणिज्य संघले सडकबत्ती लगाएपनि पछि निकालिएको र त्यसपछि पुन नगरपालिकाले जोडेको जानकारी दिए । उनले यस बिषयमा जानकारी नभएकाले अब बुझेर बिग्रिएका सडकबत्तीहरु जडानका लागि पहल गरिने बताए ।