अत्तरिया - सुदुरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले बिकास निर्माणका काम सबैले एक जुट भएर लाग्नु पर्ने बताएकी छन् । गोदावरी नगरपालिका वडा नं ६ ले बुधबार आयोजना गरेको दशैतिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रदेश सासंद चौधरीले बिकासका काममा कसैले पनि यो पार्टी त्यो पार्टी भन्न नहुने बताएकी हुन् ।
अहिले गाँउ ठाँउमा हुने हरेक बिकास निर्माणका काममा राजनिति हुने गरेको बताउदै उनले अब सबैले यस तर्फ सचेत हुनुपर्ने बताइन् । 'एउटै पार्टीको सरकार नहुदो रहेछ , एउटै पार्टीका जनता नहुदा रहेछन् उनले भनिन् - 'यो देशमा बेला बेलामा सरकार परिर्वतन भैरहेको छ , कहिले नेकपा अगाडी आउँछ कहिले कागे्रश अगाडी आउँछ , तर हामीले भने आफ्नो गाँउठाउँमा हुने बिकास निर्माणको काम यो पार्टीको नेताले बनाएको , त्यो पार्टीले बनाएको भन्ने कुरालाई कहिले सम्झिनु हुदैन ।' आफ्नो भन्दा अर्को पार्टीको कार्यालयमा जादा पनि पार्टीलाई घाटा हुन्छ भन्ने नकारात्म सोचलाई सबैले आफैवाट सुधार गर्दै लैजानुपर्ने उनले बताइन् ।
उनले आफुलाई पनि सबै पार्टीले सहयोग गरेर यो स्थानमा पुगेको बताइन् । सुदुरपश्चिममा रहेका सबै पार्टीहरु एक आपसमा माया , प्रेम , स्नेहका साथ सबै एक ढिक्का भएर अधि बढे सुदुरपश्चिम प्रदेश देशको नुमुना र समृद्ध प्रदेश बन्ने उनको भनाई थियो । उनले आफुले काम गर्ने सिलसिलामा आफ्नो थुप्रै कमी कमजोरीहरु भएका सबैलाई शुझाव , सल्लाहा दिन आग्रह गरिन् ।
लालपुरकै स्थायी बासिन्दा रहेकी सांसद चौधरीले उनले आफु जनताको काम गर्न गएको हुनाले आफ्ना दुख पिडा र समस्याहरु जतिबेला पनि प्रष्ट संग आफ्ना कुराहरु राख्न सम्पुर्ण स्थानियहरुसंग आग्रह गरिन् । गोदावरी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष बिर बहादुर चोखालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रदेश सांसद चुनकुमारी चौधरी प्रमुख अतिथी रहनुएको थियो ।
कार्यक्रममा गो.न.पा ७ का वडा अध्यक्ष हेमराज ओझा , वडा नं ८ का वडा अध्यक्ष नरेश अधिकारी , नेकपाका जिल्ला कमिटी सदस्य खम्ब बुढा र नेपाली काग्रेशका महाधिवेशन प्रतिनिधि रामचन्द्र ओझा बिशिष्ट अतिथी रहनुभएको थियो । कार्यक्रममा सहभागीहरुले आउदै गरेको दिपावली , छठ तथा नेपाल सम्बतको एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रमको संचालन वडा नं ६ का वडा सदस्य धन बा. खड्काले गरेका थिए ।