अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाले नगर भित्रका २४ जना कृषकहरुलाई कृषि सामाग्रीहरु बितरण गरेको छ । नगरपालिकाको कृषि शाखाले आज एक कार्यक्रमका बिच नगरभित्रका बेमौसमी खेती गरिररहेका २४ जना ब्यावसायीक किसानहरुलाई कृषि सामाग्रीहरु बितरण गरेको हो ।
कृषि सामाग्रीहरु नगरप्रमुख हरि सिंह साउँदले किसानहरुलाई हस्तान्तरण गरेका थिए । सो क्रममा बोल्दै नगर प्रमुख साउँदले आफूहरु जनप्रतिनिधि भएर आएपछि कृषि क्षेत्रमा लागेको किसानहरुलाई थुप्रै सहयोग गर्दै आएको बताए ।
उनले नगरपालिकावाट प्राप्त सहयोगवाट धेरै किसानहरुले अहिले ब्यासायीक रुपमा कृषि क्षेत्रलाई अगाडी बढाएको र केहीले सहयोग पाए ब्यासाय गर्न नसकेको बताए । "हामीले तपाईहरुलाई आवश्यक साथ र सहयोग गरेर भोग जोगाई दिने हो यस्ता सानो सानो सहयोगवाट ठूलो उलपब्धी हासिल गर्न सक्छु भनेर लाग्नुपर्ने तपाईहरुको दायित्व हो" उनले भने - "सामानहरु नगरपालिका दिएको के छ भनेर बेवास्ता गर्ने , लापरबाही गर्ने काम गर्नुहुदैन ।"
नगरपालिकाले ब्यवसायिक रुपमा लागेका किसानहरुलाई थोरै भएपनि सहयोग गर्नुपर्छ भनेर सहयोग गरेले सानो सहयोगवाट पनि ठूलो उपलब्धी हासिल गरेर अगाडी बढ्न कृषकहरुलाई आग्रह गरे । उनले नगरपालिकावाट प्रदान गरिएको सामाग्रीहरुको सदुपयोग भयो कि दुरुपयोग भनेर नगरपालिको अनुगमन समेत गर्ने उनको भनाई रहेको छ ।
१२ वटा वडा रहेको गोदावरी नगरपालिकाका प्रत्येक वडावाट २÷२ जना बेमौसमी खेती गरिररहेका ब्यावसायीक किसानहरुलाई छनौट गरेर कृषि सामाग्रीहरु बितरण गरिएको कृषि शाखा प्रमुख नन्दी मल्लले जानकारी दिइन् ।
उनले सिजलन खेती भन्दा पनि बाह्रै महिना फलाउन सकिने बेमौसमी खेतीलाई निरन्तरता दिएर मनग्य आम्दानी गर्न सकुन र आयस्तरमा पनि बृद्धि होस भन्ने उद्देश्यका साथ बेमौसमी खेतीका लागि आवश्यक सामाग्रीहरु सहयोग गरेको बताइन् ।
कृषि समाग्रीहरुमा प्लाष्टिक घर , खोका सचाई , बिउबिजन ,मल लगाएत सामाग्रीहरु रहेको उनले बताइन् । आफुहरुले गरिरहेको बेमौसमी खेतीलाई थप प्रोत्साहन गर्न कृषि शाखाले आवश्यक परेका सामानहरु उलपब्ध गराएको भन्दै सहभागी किसानहरु खुसी भएका छन् ।