अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ७ लालपुरमा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षमा एमालेका उम्मेदवार खडक सिं ओली निर्वाचित भएका छन् ।
लालपुरको टेकुलामा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको पदाधिकारी चयनका लागि शनिवार भएको निर्वाचनमा काग्रेसका उम्मेदवार मान बहादुर खातीलाई २ मतले पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् ।
ओलीले ३ सय ४३ मत प्राप्त गर्दा खातीले ३ सय ४१ मत प्राप्त गरेका थिए । अध्यक्ष र एक सदस्यमा एमालेका उम्मेदवार बिजयी भएपनि बाकिँ सबैमा काग्रेसका उम्मेदावरहरु बिजयी भएका छन् । जसको उपाध्यक्षमा जानकी देवी पाठकले आफ्ना प्रतिद्धन्दी सडक सिं सार्कीलाई पराजित गर्दै विजयी भएकी छन् ।
पाठकले ३३९ मत प्राप्त गरेकी छन् भने सार्कीले ३३० मत पाएका छन् । यस्तै सचिबमा रमेश कुमार ओली ३ सय ४० मत प्राप्त गरी बिजयी भएका छन् । उनका प्रतिद्धन्दी जिवन कुमार शाहले ३ सय २४ मत पाएका छन् ।
कोषाध्यक्षमा कमला साउँदलाई पराजित गर्दै राम कोली बिजयी भएका छन् । साउँदले ३१९ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी कोलीले ३ सय ४७ मत पाएका थिए । यसैगरि सदस्यहरुमा रविन्द्र थापा , जनप्रकाश शाहु , भीम बहादुर बिष्ट र अम्बिका देवी खडायत बिजयी भएका छन् ।
काग्रेसका एक सदस्य भागादेवी दमाई पराजित हुदाँ एमालेकी उम्मेदवार दुर्गाा साउँद बिजयी भएकी छन् । खानेपानीको निर्वाचनमा एमाले र काग्रेस दुवै प्यानल सहित चुनाब लडेका थिए ।
उक्त खानेपानी संस्थाले विकट क्षेत्रमा बसोबास गरिरहेका वडा नं ६ र ७ का करिब १ हजार भन्दा बढी स्थानियहरुलाई शुद्ध खानेपानीको पहुँचमा ल्याएको छ ।