अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ११ ओलानीमा गोदावरी कृषि विकास सहकारी संस्था लिको १० औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्था संचालक समितिका अध्यक्ष कृष्ण बहादुर बि.क को अध्यक्षता सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार बिकासमन्त्री दिर्घ सोडारी रहेका थिए ।
यस्तै वडा नं ११ का वडा अध्यक्ष शिव बहादुर बि.क , बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको अतिथी रहेका थिए ।
भौगोलिक रुपमा बिकट रहेका सविक गोदावरी गाबिसका ७ सय ४१ दलित समुदायवाट मासिक १५ रुपैया बचतवाट कोषको स्थापना गर्दै २०६९ साल असोज ९ गते संस्थाको स्थापना गरिएको थियो । महिनाका १५ रुपैया उठाएर कोषवाट सहरकारीमा परिणत भएको गोदावरी कृषि विकास सहकारी संस्था लिले आर्थिक बर्ष २०७७÷०७८ को असार मसान्त सम्म पुग्दा ८४ लाख १९ हजार ९ सय ८९ रुपैया बराबरको कारोबार गरेको छ ।
६७ लाख १९ हजार १ सय ५ रुपैया कुल पुजी रहेको उक्त सहकारीको शेयर पुजी ६ लाख ५४ हजार २ सय रुपैया रहेको छ । संस्थाले गत एक बर्षको अबधिमा सबै खर्चहरु कटाएर ८८ हजार ४ सय ७३ रुपैया खुद नाफा आर्जन गर्न सफल भएको संस्थाका अध्यक्ष कृष्ण बहादुर बि.कले बताए ।
संस्थाले आगामी बिभिन्न कार्ययोजनाहरु पनि प्रस्तुत गरेको छ । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई ऋण लगानीमा ब्याजदर केही घटाएको अध्यक्ष बि.कले बताए ।
उनले शेयर सदस्य वृद्धि तथा कार्यक्षेत्र बिस्तार गर्ने , सहकारी पसल संचालन गर्ने , ब्यवासायीक कृषक उत्पादन तथा लगानी गर्ने , शेयर सदस्य मृत्यु लाभ योजना ,आयआर्जन मुलक तथा सशक्तिकरणको तालिम तथा कार्यक्रमहरु संचालन गर्ने , संस्थागत विकासका लागि सरकारी तथा गैरसरकारी निकायसंग समन्वय गर्ने , एक समूह एक तरकारी बाली कार्यक्रम लागू गरिने , बाख्रा पकेट क्षेत्र निर्माण गर्ने र कृषि उपज संकलन केन्द्र हाट बजार निर्माण गर्ने जस्ता कार्यहरु आगामी कार्ययोजनामा रहेको बताए ।
गोदावरी नगरपालिका वडा नं १० , ११ र १२ का स्थानियहरुलाई एकबद्ध गरि बिभिन्न समुह निर्माण गरिएको सो सहकारीमा अहिले ६ सय ६३ महिला र ६० जना पुरुष गरि ७ सय २३ जना शेयर सदस्यहरु रहेका छन् ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष टेक बहादुर बि.क लगाएत पुर्व कार्यसमितिका पदाधिकारीहरुलाई सम्मान पत्रले सम्मानित गरिएको थियो ।
संचालक समितिकी उपाध्यक्ष बसन्ती बि.कको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन सचिब भिम बहादुर बि.कले गरेका थिए । कार्यक्रममा शेयर सदस्यहरुको उल्लेखिय रुपमा सहभागिता रहेको थियो ।