अत्तरिया - कञ्चपुरको कृष्णपुर नगरपालिका वडा नं २ वाणी घर भएका मनिष थामीमगर शारिरिक रुपमा अपाङ्ग छन् । उनको दुवै खुट्टाले काम गर्दैन । जसले गर्दा उनलाई हिडडुल गर्न निकै समस्या भैरहन्छ ।
१५ बर्षीय थामीमगरको खुट्टा नचले पनि शरिरको अन्य भागहरु भने राम्रै छन् । बौद्धिक रुपले निकै स्वास्थ्य रहेका उनी पढाईमा निकै मेहेनती रहेको उनको परिवारका सदस्य बताउँदछन् । उनी अहिले वाणिमै रहेको सरस्वती माध्यामिक बिधालयमा कक्षा ८ मा अध्यनरत रहेका छन् । उनी स्कूल जान भनेपछि हुरुक्कै हुन्छन् ।
तर उनलाई स्कूल ल्याउन लैजान उनकी आमालाई भने हाम्मे हाम्मे पर्दछ । बुवाले खासै मतलब नगरेपछि उनकी आमा कविता थामी मगरलाई बिहान देखी साझँ सम्म मनिषकै हेरचहामा लाग्ने गर्छिन । उनी बिहानै उठेर खाना पकाएपछि छोरो मनिषलाई तयार पारेर साईकल डोञ्याउदै स्कूल सम्म पुञ्याउन जान्छिन भने साझँ छुट्टी हुने बित्तिकै फेरि छोरालाई ल्याउन साईकल समातेर स्कुल पुग्छिन् ।
उनको यो प्रकृया बिगत ८ बर्षदेखी चल्दै आएको छ । उनको यो दैनिकि नै भैसकेपछि उनी दिक्क भैसकेकी थिइन् । तर के गर्नु आफ्नो सन्तान हो जसो तसो उनले यि सबै कुराहरु झेल्दै आइन् । ५ कक्षा सम्मको स्कूल त घर नजिकै थियो , खासै समस्या थिएन् ,पिठ्यूमा बोकेर लैजान्थ्ये ल्याउथे मनिषकी आमा कविताले भनिन् ।
तर ६ कक्षा देखी टाढाँको स्कूल हुदाँ ल्याउन लैजान नकै समस्या हुदै आएको छ । उनले छोरालाई स्कूल ल्याउन लैजान भनेर ७ हजार मूल्य पर्ने एउटा साईकलन समेत किनेको बताइन् । साईलकन किन्ने पैसा थिएन तर जसो तसो रिण गाडेर साईकलन किनेको उनले सुनाईन् । कहिले साईकल बाटोमै बिग्रीदाँ छोराको स्कूल ढिलो हुन्थ्यो ।
कहिले छोरो साईलक बिगे्रको छ आज नजाउँ भन्दा छोरो रुने गरेको समेत उनले बताइने । उनले यो समस्यावाट मुक्त पाउन ३ बर्ष पहिले ट्राई साईकलका लागि कृष्णपुर नगरपालिकालाई आग्रह गरिन् ।
नगरपालिकाले वडावाट सिफारिस ल्याउन भनेपछि उनले सबै कागजात नगरपालिकामा पुञ्याइन् । आज मात्रै उनलाई कृष्णपुर नगरपालिकाले ट्राईसाईकल उपलब्ध गराएको छ । ट्राईसाईकल पाएपछि मनिष निकै सुखी देखिन्थ्ये ।
उनी त्यो साईकलको माथि चढेर यताउता हेर्दै आफै दंग परिरहेका थिए । अब त ट्राईसाईकल पाइयो स्कूल जान आउन त धेरै सजिलो होला नि भन्ने प्रश्नमा उनले मुसुक्क हेर्दै भने अ अब त धेरै सजिलो हुन्छ भन्ने उत्तर दिए ।
उनकी आमा पनि निकै सुखी भएको देखिन्थिन् । उनले अब भने छोरोलाई ल्याउन लैजाने कामवाट मुक्ती पाइने र छोरो एक्लै पनि स्कूल आवतजावत गर्न सक्ने बताइन् ।
अहिले नयाँ नयाँ छ पहिला राम्रोसंग चलाउन सिक्छ अनि आफै आउने जाने गर्ने उनले बताइन् । उनले आफ्नो समस्यलाई बुझेर कृष्णपुर नगरपालिकाले ट्राईसाईकल उपलब्ध गराएको भन्दै नगरपालिकाका जनप्रतिनिधिहरुलाई धन्यवाद दिइन् ।
उनले गरिबीका कारण छोरालाई स्कूल पढाउन समेत समस्या भैरहेकाले यस तर्फ पनि जनप्रतिनिधिहरुले सहयोग गर्नेमा आफू आशावादी रहेको बताइन् । कृष्णपुर नगरपालिकाले ३० औ अन्र्तराष्ट्रिय अपांङ्ग दिवशको अवसर पारेर आज नगरभित्रका ७ जना अपांगता भएका व्यक्तिलाई ट्राईसाईकल वितरण गरेको हो ।
नगरपालिकाले गत आर्थिक बर्ष २०७७ र ०७८ नै अपांङ्गता भएका ब्यक्तिहरुका आवश्यक सामाग्री खरिद गरी बितरण गरेको थियो । त्यसमा माग गरेको भन्दा ढिलो गरी सामाग्रीहरु पुग्दा केही ब्यक्तहरु छुटेकाले छुटेकाहरुलाई आज अन्तराष्ट्रिय अपांङ्ग दिवशको अबसर पारेर ट्राईसाईकल वितरण गरिएको हो ।
नगरपालिकाले यस अघि १३ जना अपाङ्गता भएका ब्यक्तिहरु ह्विलचियर, ५ जनालाई बैशाखी र १ जनालाई कृतिम खुट्टा वितरण गरेको थियो ।