अत्तरिया - सुदूरपश्चिम प्रदेश मुख्य केन्द्रबिन्दु कैलालीको अत्तरिया सार्वजनिक शौचालयको चरम अभाव भएको छ । बजार मुख्य चोक आसपास अतिआवश्यक रहेको सार्वजनिक शौचालयको चरम अभाव भएको हो ।
दैनिक हजारौ मानिसहरु ओहोर दोहोर गर्ने अत्तरियाको मुख्य बजारमा सार्वजनिक शौचालय नहुदाँ सर्वसाधारणलाई समस्या हुन थालेको छ । अत्तरिया चोक नजिकै रहेको पुरानो एउटा सार्वजनिक शौचालन अहिले बन्द हुदाँ सर्वसाधारण यात्रुहरुलाई समस्या हुन थालेको हो ।
अहिले बजारमा सार्बजनिक शौचालय नहुदाँ सर्वसधारण यात्रुहरु खुल्ला रुपमै शौच गर्न बाध्य रहेका छन् । यताउतावाट आएका यात्रु सार्वजनिक शौचालय खोज्दै भौतिरिरहेका हुन्छन् ।
आज बिहानमा मात्रै एक जना यात्रु अत्तरिया चोकमा रहेको पुराना बन्द रहेको सर्वजनिक शौचालय बहिर खुल्ला रुपमा शौच गरिरहेका थिए ।
होटलमा शौच गर्न जानका लागि केही खाने बहाना बनाउनुपर्ने देखिदाँ अहिले धेरै जसो यात्रुहरु कि त जंगल तिर भाग्ने गरेका छन् त कि खुल्ला रुपमै शौच गर्न बाध्य रहेका छन् ।
एउटा भएको शौचालय पनि निकै पुराना बन्द अबस्थाको रहेको र नयाँ शौचालय बनाउन तर्फ सम्बन्धित निकायको ध्यान नजादाँ अत्तरिया बजार भएर आवतजावत गर्ने सर्वसाधारण नागरिकहरुले शौच गर्नका लागि समस्या भएको गुनासो गरेका छन् । धेरै यात्रुहरु अत्तरिया बजारमा पुगेपछि शौच गर्नका लागि भनेर सार्वजनिक शौचालयहरु खोज्दै आफ्नो पसलमा आएर सोध्ने गरेको अत्तरियाका ब्यापारीहरु बताउदछन् ।
यात्रुहरु सुरुमा पहाड रोडमा रहेको पुरानो शौचालयमा पुग्ने गरेको र बन्द रहेको पाइएपछि यता अरु ठाउँ कता शौचालय होलान भनेर सोध्न आफु काहाँ पुग्ने गरेको एक जना ब्यापारीले बताए ।
यो पनि अत्तरियाका लागि लाजमर्दो कुरा छ , प्रदेशको मुख्य केन्द्र भएकाले पनि धेरै ठाउँका मानिसहरु यहाँ पुग्छन र सार्वजनिक शौचालन कता छन् भनेर सोध्छन उनले भने कतिलाई बसपार्कमा छ भन्छु कतिलाई यही नजिकैको होटल देखाउछु उनले भने ।
उनले यसका लागि अत्तरियामा सार्वजनिक शौचालयको एकदमै आवश्यकता रहेको छ । स्थानिय तहका जनप्रतिनिधिहरुले यस बिषयमा गम्भिर भएर सोच्नुपर्ने अत्तरिया बासीहरु बताउँदछन् ।
अहिले अत्तरिया बजारमा पूर्व लाईनमा एउटा र बसपार्कमा २ वटा मात्रै सार्वजनिक शौचालय रहेका छन् ।