अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा सबै वडामा काग्रेसको वडा अधिबेश सम्पन्न भएको छ । १२ वटा वडा रहेको गोदावरी नगरपालिकाका ३ वटा वडामा सहमतिकै आधारमा वडा समिती र क्षेत्रिय प्रतिनिधि चयन भएका छन भने सहमति हुन नसकेको वडामा शनिवार र आईतवार निर्वाचन सम्पन्न भएको छ ।
शनिवार निर्वाचन भएर हिजो मात्रै मत गणना सकिएको वडा नं १ मा शिवराज जोशीको पुरै प्यानल विजयी भएका छ । सभापतिमा आफ्ना प्रतिद्धन्दी डण्डीराज भट्टलाई पराजित गर्दै जोशी बिजयी भएका छन् ।
वडा नं २ मा धनराज जोशीको टिम प्यानल सहित बिजयी भएको छ । सभापतिमा जोशीले आफ्ना प्रतिद्धन्दी विश्वनाथ ओझालाई हराउदै बिजयी भएका हुन् । वडा नं ३ मा भने सहमतिमै सभापतीमा नन्दलाल जोशी , उपसभापतीमा बेदप्रकाश पाण्डे ,सचिबमा शिवराज खत्री ,चक्र नागरी चयन भएका छन ।
यस्तै समितीको सह सचिबमा दिपक बहादुर खाती र शारदा खडका चयन भएका छन । वडा समिती २७ सदस्ययी बनेको सचिब शिवराज खत्रीले जानकारी दिए । वडा नं ४ मा शालिभान रावलको टिम प्यानल सहित बिजयी भएको छ ।
सभापतिमा राबलले आफ्ना प्रतिद्धन्दी शोवान सिह मल्ललाई पराजित गर्दै बिजयी भएका छन् । वडा नं ५ मा सिद्धराज भट्ट सभापतिमा निर्वाचित भएका छन् । भट्टले आफ्ना प्रतिद्धन्दी मोहन सिह मडौलाई पराजित गर्दै बिजयी भएका हुन् । उता वडा नं ६ मा मान बहादुर बिष्टको टिम प्यानल सहित बिजयी भएको छ ।
क्रियशिल सदस्यता बिवाद आएपछि वडा ६ मा हिजो निर्वाचन भएको थियो । सभापतिमा बिष्टले आफ्ना प्रतिद्धन्दी शंकर खड्कालाई मतका साथ पराजित गरेका छन् ।
वडा नं ७ मा पनि सहमतिकै आधारमा टिकाराम बमको सभापतिमा चयन भएका छन् । यसैगरि वडा नं ८ मा पनि यस अघि वडा सभापति रहेका टेक बहादुर देउवा सर्बसम्मत रुपमा वडा सभापतिमा चयन भएका छन ।
वडा नं ९ मा मेघनाथ रानाथारुको टिम प्यानल सहित बिजयी भएको छ । उनले आफ्ना प्रतिद्धन्दी जय बहादुर भाटलाई ८१ मतले पछि पार्दै बिजयी भएका हुन् । वडा नं १० मा देव बहादुर टमटा पुरै प्यानल विजयी भएका छ ।
सभापतिमा टमटाले आफ्ना प्रतिद्धन्दी भोजराज भाटलाई २५ मतले पराजित गरेका छन् । वडा नं ११ मा गणेश खड्काको पुरै प्यानल नै निर्बाचित भएको हो । सभापतिमा खड्काले आफ्ना प्रतिद्वन्धी कुमार बडैला भन्दा १४ मत बढी ल्याएर निर्बाचित भएका हुन ।
अन्तमा वडा नं १२ मा कैलाश विकको टिम प्यानल सहित निर्वाचित भएका छ । सभापतिमा विकले आफ्ना प्रतिद्धन्दी उजिर सिह बडैलालाई ७ मतले हाराएका हुन् ।