अत्तरिया -कैलालीमा नेपाली कांग्रेसका वडा अधिबेशनहरु भोली हुँदै छन । वडा अधिबेशनको १ दिन बाँकी रहँदा जिल्लामा सरगर्मी बढेको छ । स्थानिय नेता कार्यकर्ता वडामा रहेका कृयाशिल सदस्यहरु सँग भोट माग्न ब्यस्त रहेका छन । उम्मेदवारहरु संसदिय चुनावको झल्को दिने गरी प्रचार प्रसारमा जुटेका छन । कैलालीको गोदावरीमा कांग्रेसको अधिबेशन पेचिलो बनेको छ । गोदावरी का सबै वडामा सहमती नुहुँदा दुई प्यानल बनेका छन ।
दुबै प्यानल वारपारको अबस्थामा प्रचारमा जुटेका छन । बिगत स्थानिय चुनाव देखी नै दुई प्यानलमा बिभाजित रहेका यँहाका नेता कार्यकर्ताहरु यो अधिबेशनमा पनि दुई धारमा नै बिभाजित भएका छन । सबै वडामा दुई लाइन प्यानल नै बनाएर चुनावमा होमिएका छन । स्थानिय नेता कार्यकर्ता मात्रै होइनन यँहाका सिनियर नेताहरु पनि दुई लाइनमा बिभाजित भएका छन ।
कांग्रेसका पूर्व केन्द्रिय सदस्य सुनिल कुमार भन्डारी, कैलाली कांग्रेसका पूर्व सभापती दिर्घराज भाट, गोदावरी नगरपालिकाको गत निर्बाचनमा पराजित बिरेन्द्र भट्ट लगाएत एकातिर प्यानल बनाएर अधिबेशन मा होमिएका छन । अर्को तिर पूर्व सांसद हिरादत्त भट्ट,महासमिती सदस्य लक्ष्मीराज पाठक, कांग्रेसका क्षेत्रिय सभापती दिनेशराज जोशी, गोदावरी नगरसभापती हेमप्रकाश उप्रेती लगाएत अर्को प्यानलमा रहेका छन ।
कार्की र भट्टको लँडाई
यँहाका धेरै जसो नेताकार्यकर्तामा बेला बेलामा चर्चा हुने गरेको कांग्रेसका नेता सुरत कार्की र बिरेन्द्र भट्ट बिचको लँडाई हो पनि भन्ने गरेका छन । यि दुई नेताहरु बिच बिगत लामो समय देखी राम्रो सम्बन्ध रहेको छैन । उनिहरु दुबै जना कांग्रेस कै भएपनी पार्टी भित्र बिगत देखी नै अलग अलग लाईनमा रहँदै आएका छन । यदपी भट्ट र कार्की बिचको लँडाई ले पार्टीमा दुई लाईन नभएको स्थानिय नेता कार्यकर्ताहरुको भनाई रहेको छ । तर अर्को थरी कांग्रेस कै नेता कार्यकर्ताहरु दुई जनाको लँडाईको अली अली प्रभाब पार्टीमा पर्ने गरेको बताउने गरेका छन् ।
भाटले गुमाएको अबसर
कांग्रेसका पूर्व सभापती दिर्घराज भाटको गृह नगरपालिका पनि गोदावरी हो । उनले पार्टी भित्रको बिबाद मिलाउने चाहेको भए अहिलेको अबस्था फेरबदल हुन सक्ने एक थरीको बुझाई रहेको छ । तर उनले एउटा गुटलाई मात्रै बोकेर शुरु देखी नै हिन्ने गरेका कारण दुई लाईन बनेको नेताहरुको भनाई रहेको छ । तर भाट पक्षिय नेताहरु यो कुरा स्विकार गर्दैनन । गत स्थानिय निर्बाचनमा कांग्रेस कै उम्मेदवारलाई कांग्रेस कै अर्को पक्षले हराएको भन्दै भाट झनै आक्रोसित बनेका छन् ।