अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । नेपालीहरुको दोस्रो ठूलो चार्ड तिहार नजिकिदै जादाँ नगरपालिकाको योजना तथा अनुगमन शाखाले बजार अनुगमनलाई तिब्रता दिएको हो ।
आज पहिलो दिन अत्तरिया बजारमा अनुगमन गरिएको छ । खाध्य प्रबधि तथा गुण नियन्त्रण कार्यालय धनगढी र मानब अधिकार समूह गोदावरी नगरपालिकासंगको समन्व्य र सहकार्यमा अनुगमन शाखाले आज अत्तरिया बजारमा रहेको बिभिन्न किराना , मासु पसल र होटलहरुमा अनुगमन गरिएको थियो । ९ वटा पसलमा गरिएको अनुगमनमा पसलहरुवाट म्याद नाघेका र अबैध सामाग्रीहरु जफत गरिएको छ ।
जसमा बिस्कुट १ प्याकेट , चियापत्ति ५ प्याकेट , सूर्ती ४ प्याकेट , बिडि २ प्याकेट , पापड साढे २ किलो , सनपापडी ६ प्याकेट , बेबी क्रिम १ प्याकेट , भुजा १ प्याकेट , बेसन ४ किलो , बेकिङ पाउडर २ किलो , मसला १४ प्याकेट , जिरा पाउडर ११ प्याकेट , अजिना १ प्याकेट , कलोनुन १५ प्याकेट र खान योग्य नभएको मासु जफत गरिएको हो ।
बजार अनुगमन पछि छोटो प्रतिकृया दिदै गोदावरी नगरपालिकाको योजना तथा अनुगमन शाखा प्रमुख जगदिश जोशीले बजार अनुगमनका क्रममा पहिलो भन्दा धेरै फरक पाएको र बढी जसो म्याद गुजे्रका र अबैध सामाग्रीहरु भेटिएको बताए ।
उनले उक्त सामाग्रीहरु मानब स्वास्थ्यका लागि निकै हानिकारक हुने भएकाले बरामद गरेर ब्यापारीहरुलाई सचेत गराएको बताए ।
उनले ब्यापारी संगसंगै आम उपभोक्ताहरुलाई पनि सचेत गराउनका लागि बजार अनुगमनलाई तिब्रता दिएको बताए । उनले अब नियमित रुपमा अनुगमन हुने बताएका छन् ।
उनले स्थानिय बजार भएका कारणले पहिलो पटकमा सम्झाई बुझाई गरेर ब्यापारीहरुलाई सचेत गराएर जाने र दोस्रो पटक पनि त्यही पसलमा म्याद गुजे्रको र गुणस्तरहिन सामाग्रीहरु भेटिएमा सो ब्यापारीलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
यस्तै अनुगमनमा सहभागी मानब अधिकार समूह गोदावरी नगरका संयोजक नरदिप धामीले आफुहरुले बजार अनुगमनलाई दशै भन्दा अगाडी नै गर्ने भन्ने निर्णय गरेको भएपनि बिषेश कारण बस हुन नसकेपनि आज नगरपालिकाको अनुगमन शाखासंगै आफुहरुले पनि अनुगमनलाई तिब्रता दिएको बताए ।
उनले बिषेश गरेर मानब स्वास्थ्यका लागि गठिन मानब अधिकार समूहले बिगत २ बर्षदेखी यस्ता कार्यहरु गर्दै आएको र आगामी दिनहरुमा किराना पसल , होटलमा मात्रै नभएर मानब स्वास्थ्यसंग जोडिएका हरेक क्षेत्रमा अनुगमन गरी सबैलाई सचेत गराउदै जाने बताएका छन् ।
उनले कैलाली जिल्ला भारतसंग जोडिएको र यहाँका सिमा नाका खुल्ला भएकाले पनि दैनिक अखाध्य तथा अबैद सामाग्रीहरु भित्रिरहेकाले यसको रोकथाम र नियन्त्रणमा सबैले आ आफ्नो ठाउँवाट लाग्नुपर्ने बताए ।
उनले अब देखावटी रुपमा मात्रै नभएर साच्चै मानवहितका लागि काम गर्नुपर्ने बताए । यसमा एउटा सम्बन्धित नगरपालिका , संघ संस्था मात्रै नभएर हामी सबै आम उपभोक्ता र उधोगी , ब्यापारीहरु पनि सचेत भएर मावन हितका लागि एक ढिक्का भएर लाग्नुपर्ने उनको भनाई रहेको छ ।
अनुगमन कार्यमा खाध्य प्रबधि तथा गुण नियन्त्रण कार्यालय धनगढी खाध्य निरिक्षक बिजय पराजुली , गोदावरी नगरपालिकाका पशु शाखावाट टेक बहादुर शाहु , नन्दी मल्ल , इन्सेकवाट दिपक नेपाली , मानब अधिकार समूहवाट टेक बहादुर देउवा, गोदावरी पत्रकार मञ्चका अध्यक्ष हेमराज भट्ट , अन्य बिभिन्न मिडियाका पत्रकारहरु , सुरक्षाकर्मी , नगरप्रहरी लगाएतको सहभागिता रहेको थियो ।