अत्तरिया - लगातार परिरहेको बर्षाका कारण सबै भन्दा बढी किसानहरु मारमा परेका छन् । मौसममा आएको परिवर्तनका कारण शनिवार रातिदेखी परिरहेको लगातारको बर्षाले किसानहरुलाई ठूलो पिडा थपेको छ ।
मानो रोपेर मुरी फलाउने आशामा असारको महिनामा घाम पानी नभनेर खेतमो रोपेको धानबाली भित्र्याउने समयमा आएर बाढीले बगाउन थालेपछि किसानहरुको मन रोइरहेको छ ।
दशैलगत्तै काटेर खेतमा सुकाएको धानवाली लगातारको बर्षापछि खोला नालाहरु भरिदाँ अहिले सबै बगाउन थालेपछि किसानहरुलाई टुलुटुलु हेर्नु बाहेक अरु केही विकल्प छैन ।
तरपनि किसानहरु अहिले पनि झिनो आशा बोकेर खेलमा बगिरहेको धानबाली जोगाउने प्रयास गरिरहेका छन् ।
आफ्नो खेतमा काटेर सुकाएको धानबाली सबै बगाएर लैजान थालेपछि थोरै भएपनि बचाउन सकिन्छ कि भनेर गोदावरी नगरपालिकाका किसानहरु दुई दिन देखी यस्तो झरीमा पनि खेतमा रहेका छन् ।
कैलालीको गोदावरी नगरपालिका वडा न २ तेघरीकी जानकी बि.कले पाकेर लटरम्म भएको धान काटेर सुकाएको बेला एक्कासी आएको बर्षाले बर्षभरीको सबै मेहेनत पानीले बगाएर लगेको दुखेसो पोखिन् ।
उनले आफुसंगै बिगाह खेतमा लगाएको धानबाली पानीले भिजाएपछि अहिले खेलमै उर्मिन थालिसकेको बताइन् । उनले केही थोरै भएपनि बचाउन सकिन्छ कि भनेर बगाएर ढाढा ठाढा पुञ्याएको पानीले लुतुरुक भिजेका धान उठाएर केही उकालो ठाउँमा राख्न थालेको बताइन् ।
चार्डपर्व नभनी बर्षदिनका लागि पुग्ने खेती आखाँकै अगाडी बगाउदाँ किसानहरुको मन सबै भन्दा बढी रोइरहेको छ । जति जति पानी पर्दैै जान्छ त्यति नै मन रोइरहेको अर्का किसना नरेश बिष्टले बताए ।
यस बर्ष धान उत्पादन राम्रै हुन्छ भन्ने खुसी साट्न नपाउँदै सबै सपना चकनाचुर भएको उनले बताए । अहिले कैलाली , कञ्चपुर सहित सुदूपश्चिमका किसानहरुलाई बर्खे बाली धान भिञ्त्राउने चटारो चलेको थिए ।