अत्तरिया - कैलालीको अत्तरिया बजारमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलाली , वाणिज्य , आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय कैलाली , खाध्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय कैलाली र घरेलु तथा साना उधोग कार्यालय कैलालको संयुक्त आयोजनामा आज अत्तरिया बजार अनुगमन गरिएको हो ।
चार्डपर्व नजिकिदै जादाँ पनि बजार नहुदाँ उपभोक्ताहरु ठगिन थालेको गुनासो बढेपछि अत्तरिया बजारमा रहेका बिभिन्न ८ वटा किराना र ४ वटा होटलहरु गरि १२ वटा पसलमा अनुगमन गरिएको थियो ।
अत्तरियाको जय गणपति स्टोर , नमादेउ किराना स्टोेर , सनाया ट्रेर्डस , न्यू मल्ल जनरल स्टोर , न्यू कलापतातेश्वर किराना पसल , न्यू डिके ट्रेड एण्ड सप्लायर्स र न्यू जयलक्ष्मी किराना पसल तथा भूमिराज बैतडी होटल , बेलकम खमौरा होटल , न्यू कैलपाल होटल र दाईभाई होटलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा बिभिन्न किराना पसलहरुवाट म्याद नाघेका तथा अबैध सामनाहरु र होटलवाट घरेलु मदिरा बरामद गरि नष्ट गरिएको छ ।
अनुगमनका क्रममा बिभिन्न पसलहरुवाट गरेर ७८ हजार बढीको अबैध तथा म्याद नाघेका सामाग्रीहरु बरामद गरि नष्ट गरिएको हो ।
बिभिन्न ६ वटा किराना पसलहरु ७८ हजार ८ सय १५ रुपैयाका अबैध सूर्ती जन्य पदार्थका साथै म्याद नाघेर खान योग्य नभएका खाध्य सामाग्रीहरु बरामद गरि नष्ट गरिएको वाणिज्य , आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख ललित प्रसाद पन्तले बताए ।
उनका अनुसार एउटै पसलवाट मात्रै ३९ हजार बराबरको अबैध तथा म्याद नाघेका सामाग्रीहरु बरामद गरि नष्ट गरिएको छ । महेन्द्रनगर रोडमा रहेको न्यू जयलक्ष्मी किराना पसलवाट ३९ हजार २० रुपैया बराबरका अबैध सुर्तिजन्य पदार्थ र म्याद नाघेका खाध्य सामाग्रीहरु बरामद गरि तत्काल नष्ट गरिएको उनले बताए ।
अनुगमनका क्रममा अधिकंश किराना पसलहरुमा भारतीय सिमा नाका खुल्ला रुपमा आउने सुपर पावर नामक सुर्ती , बिडि लगाएत सूर्ती जन्य पदार्थहरुका साथै म्याद गुर्जेका खाध्य सामाग्रीहरु पाइएका थिए । ति सामाग्रीहरु बरामद गरि तत्काल पसल संचालक सहित अनुगमनमा उपस्थितहरुको रोहबरमा जलाएर नष्ट गरिएको थियो ।
यस्तै होटलहरुमा भेटिएका अबैध घरेलु मदिरा पनि नष्ट गर्नुका साथै पसल बाहिर खुल्ला रुपमा राखिएका मासुलाई ब्यबस्थित गर्न निर्देशन दिइएको छ ।
अनुगमनका क्रममा पसलहरुमा म्याद नाघेका , लेबल नभएका , मूल्य सुचि नभएका , खान योग्य नभएका तथा अबैध रुपमा भित्रिएका सुतिजन्य पदार्थहरु भेटिएकोमा पहिलो चरणमा बरामद गरि नष्ट गरिएको र आगमी दिनहरुमा आफ्ना कमी कमजोरीहरु सुधार गर्न पसल संचालकलाई निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए ।
अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी जोशी , वाणिज्य , आपूर्ती तथा उभोक्ता संरक्षण कार्यालय कैलालीका नि प्रमुख ललित प्रसाद पन्त , खाध्य प्रबिधि तथा गुण नियन्त्रणको कार्यालय कैलालीका विजय पराजुली र सरोज पौडेल , घरेलु तथा साना उधोग कार्यालय कैलालीका देव सिंह ठगुन्ना , जिल्ला प्रशासन कार्यालय कैलालीकी शान्ति उपाध्याय , नेपाली उपभोक्ता संरक्षण महासंघ सुदूरपश्चिमका अध्यक्ष रामचन्द्र जोशी , प्रबक्ता शोभा राबल , गोदावरी नगरपालिकाका टेक बहादुर शाहु , ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी सहायक निरिक्षक पदम कार्की , हबल्दार लाल बहादुर चन्द , प्रहरी जवान रमेश खत्री , गोदावरी पत्रकार मञ्चका अध्यक्ष हेमराज भट्ट र पत्रकार गगन अयडीको सहभागिता रहेको थियो ।